स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परेर घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको छ ।
सुनसरीको सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकार बिहानैदेखि कोही माटो मुस्छन् त कोही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । चाडपर्वका बेला सबैलाई माटोको भाँडा सहजरुपमा उपलब्ध गराउने उनीहरूको उद्देश्य हो ।
भूकम्पका कारण घाइते भएकाको उपचार गर्न स्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्ला अस्पताल सल्यानका डाक्टरसहित स्वास्थ्यकर्मीको टोली जाजरकोट पुगेको छ ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भूकम्पपीडित राहत कोषमा ५० लाख सहयोग गर्ने भएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूकम्प पीडितको उद्धार कार्यमा युद्धस्तरमा लाग्नुपर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । आज तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो ।
गएराति जाजरकोट र रुकुममा गएको भूकम्पबाट पीडित परिवारलाई राहत प्रदान गर्न नेकपा (माओवादी केन्द्र) कोहलपुर नगरसमितिले आज शनिबार बिहान एकसय ५० बोरा चामल सङ्कलन गरेको छ ।
इजरायलसँगको सीमामा भएको झडपमा हिज्बुल्लाहका सात लडाकु मारिएका छन् । शिया सैन्य समूह र लेबनानी सुरक्षा स्रोतहरूकाअनुसार सीमामा इजरायली सेनासँगको हिंस्रक मुठभेडमा शुक्रबार बिहान सात हिज्बुल्लाह लडाकुको मृत्यु भएको हो भने अन्य चार जना सर्वसाधारण घाइते भएका छन् ।
कोशी प्रदेश सरकारले भूकम्प प्रभावितहरूको राहत तथा उपचारका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै उद्धार र उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धारमा परिचालित हुन पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।
सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच/पाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ का लक्ष्मी चालिसेले पाँच कट्ठा जमिनमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । बिहान–बेलुका उहाँले यिनै फूलको गोडमेलमा समय बिताउनुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ ।
सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (इटीसी) लाई सक्रिय बनाएको छ ।