• ५ जेठ २०८१, शनिबार

भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा जुट्न राप्रपाको अपिल

blog

काठमाडौं, कात्तिक १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ । 

राप्रपाका पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शनिबार विज्ञप्ति जारी गर्दै जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाको काममा जुट्न आग्रह गर्नुभएको हो ।

“जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पका कारण ठुलो सङ्ख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपा दुःख प्रकट गर्दछ । विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनः स्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं विभिन्न सङ्घसंस्थालाई राप्रपा अपिल गर्दछ । साथै, भूकम्प प्रभावित क्षेत्रमा गई उद्धार कार्यमा संलग्न हुन राप्रपाका विभिन्न निकायलाई अनुरोध गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।  

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालको विभिन्न स्थानमा ठुलो सङ्ख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपाले दुःखसमेत प्रकट गरेको छ । रासस