• ८ जेठ २०८१, मङ्गलबार

इजरायलसँगको सीमामा भएको झडपमा हिज्बुल्लाहका सात लडाकु मारिए

blog

काठमाडौं, कात्तिक १८ गते । इजरायलसँगको सीमामा भएको झडपमा हिज्बुल्लाहका सात लडाकु मारिएका छन् । शिया सैन्य समूह र लेबनानी सुरक्षा स्रोतहरूकाअनुसार सीमामा इजरायली सेनासँगको हिंस्रक मुठभेडमा शुक्रबार बिहान सात हिज्बुल्लाह लडाकुको मृत्यु भएको हो भने अन्य चार जना सर्वसाधारण घाइते भएका छन् ।

हिजबुल्लाहले आफ्ना मारिएका सदस्यहरूलाई शोक व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको छ । लेबनानी आन्तरिक सुरक्षा बल र चिकित्सा स्रोतहरूले दक्षिणी लेबनानका धेरै क्षेत्रमा तोपको गोलाबारी र इजरायली हवाई आक्रमणबाट तीन लेबनानी नागरिक र एक सिरियाली शरणार्थी घाइते भएका छन् ।

लेबनानी रेड क्रसले उनीहरूलाई अस्पतालमा स्थानान्तरण गरेको छ । लेबनानी सैन्य स्रोतहरूकाअनुसार शुक्रबारको हताहतले लेबनानी पक्षमा अक्टोबर यता मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । सीमावर्ती गाउँ अल वाजानीमा बुधबार बिहान दुई युवाको शव फेला परेको थियो । उनीहरूलाई मङ्गलबार इजरायली सेनाले बाख्रा चराउने क्रममा निशाना बनाएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल