सुनसरीको चतरा पुल नजिकै सप्तकोशी नदीमा मोटरबोट दुर्घटना परेको छ । कोशी प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीद्वारा सञ्चालित “सि.सं. ४ गोताखोर तालिमको अन्तिम प्रवचन कार्यक्रममा सहभागी हुन गएका पत्रकार तथा आगन्तुक सवार मोटरबोट दुर्घटनामा परेको हो ।
आगामी तीन दिन पहाडी भूभागका केही स्थानमा आंशिक बदली भए पनि बाँकी भूभागको मौसम सफा रहनेछ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी भूभागका केही स्थानमा मौसम आंशिक बदली भएको छ ।
दाङमा चाडपर्व लक्षित गरी अनुगमन गरिएको छ । अनुगमनबाट प्राप्त म्याद गुज्रिएका सामग्री नष्ट गरी बिक्री गर्नेलाई जरिवाना गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपूरासुन्दरी आफैँमा पवित्र पर्यटकीय गन्तव्य भएकाले यस ठाउँको विकास गरिनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताउनुभएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा ‘मानवताविरुद्धको अपराध’ भइरहेको भन्दै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गर्नुभएको छ ।
नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक-आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरुको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवम् विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् ।
कोशी प्रदेशसभाको बैठक आगामी कात्तिक २० गते सोमबार बस्ने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना प्रकाशन गरी बैठक बस्ने जानकारी गराएको हो ।
पूर्वी नवलपरासीका किसानहरु यतिबेला धान काट्न र थन्काउनमा व्यस्त छन् । पछिल्लो समय कृषि क्षेत्रमा विभिन्न मेसिनरी उपकरणहरु भित्रिए पछि काम गर्न सहज हुँदै गएको छ ।
सात समुन्द्र पारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको बयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु मैले भनेको मान ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका कारण सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।
कोशी प्रदेश सरकार आज (शुक्रबार) विस्तार हुने भएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट दुई जनालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गर्ने तयारी गर्नुभएको हो ।
मुगुस्थित छायानाथ रारा–६ मन्दु गाउँमा आमासहित तीन जना बालकको स्थानीय घाटमा सामूहित दाहसंस्कार गरिएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ ।
रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको छ । आज बिहान काठमाडौँ कोटेश्वर निवासी तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानी धकेल्नुभएको थियो ।