सर्वोच्च अदालतको आदेशका आधारमा पक्राउ परेका नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई आज (शुक्रवार) अदालतमा बुझाउने तयारी गरिएको छ ।
बाँकेको नेपालगन्जमा रहेका साना तथा ठूला एक सय पाँच स्वास्थ्य संस्थाको स्वास्थ्यजन्य फोहाेर व्यवस्थापन अब सहज भएको छ । ती संस्था फोहर व्यवस्थापनको झन्झटबाट मुक्त भएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा निर्माण भएको मोटरेबल पुल ।
धादिङबाट नुवाकोट, रसुवाको स्याप्रुबेसी हुँदै रुवीभ्याली–१, पाङसाङ पास पुगेको जीप । यो जीप रुवीभ्यालीको तिप्लिङ, सेर्तुङ र खनियाबासको किन्ताङफेदी हुँदै
धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका ४ समाज कल्याण चोकमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसल पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार शुक्रवार बिहान स्थानीय उद्धव प्रसाद तिम्सिनाको घरको सटरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको जनाएको छ ।
बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो ।
मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सौर्य ऊर्जाका लागि घामबाट विद्युत् उत्पादन गर्न राखेको
अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ ङिस्याङ–१ ढुकुर पोखरीबाट माथिल्लो मनाङतर्फ साइकल यात्रा गर्दै विदेश पर्यटक पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल ।
काठमाडौँ, कात्तिक १७ गते । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गए राति स्वदेश फर्किनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गर्नुभयो ।प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । बेइजिङमा उहाँ र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नुभएको थियो । भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत रहनुभएको थियो । प्रधानसेनापति शर्मा यही कात्तिक १० गते बेइजिङ प्रस्थान गर्नुभएको थियो । रासस
बेनी नगरपालिका ३ भकिम्ली सिमका कृषक लालबहादुर पुनले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्नुभएको छ । मकै र कोदो खेती गर्न छाडेर पुनले ६ वर्ष पहिला देखि व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । उहाँको बारीमा किवीका दुई सय पचास बोट छन् । वार्षिक रूपमा दश क्विन्टल किवी उत्पादन हुने गरेको छ । पुन सबै भन्दा धेरै किवी उत्पादन गर्ने कृषकमा पर्नुहुन्छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विद्यमान आर्थिक, वातावरणीय तथा सामाजिक समस्या निराकरणमा उदारतापूर्वक सहायता उपलब्ध गराउन दातृ निकायहरूलाई आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालय र विश्व बैङ्कले बिहीबार आयोजना गरेको उच्चस्तरीय अन्तव्रिर्mया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले नेपालको आवश्यकता, वस्तुस्थिति र क्षमता हेरेर समृद्धिका लागि उदारपूर्वक सहयोग उपलब्ध हुनुपर्ने बताउनुभएको हो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइरहेको बताउनुभएको छ ।
एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो ।
नेपाल सशस्त्र प्रहरी बलले मधेसका जिल्लाहरूसँग जोडिएको भारतीय सिमानाकामा रहेका सीमा स्तम्भको पुनर्निर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम सुरु गरेको छ ।