सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
पढ्नु छ धेरै लेख्नु छ धेरै जान्नु छ धेरै सिक्नु छ धेरै तैपनि के हो ! छक्क म पर्छु चञ्चल धेरै यो मन मेरै ।
भाइबहिनी हो, तिमीहरू प्रायः सबैलाई दशैँ त थाहा नै होला । बडादशैँ अर्को चैत दशैँ भनेर जान्द छौ । चैतमा पनि दशैँ आउँछ र हामी मनाउँछौ पनि । त्यो दशैँलाई हामी चैते दशैँ भन्छौँ । वर्षमा दुई पटक दशैँआउँछ । अनि हामी प्रत्येक वर्ष दुई पटक नै मनाउँछाैँ पनि । एउटा बडादशैँ र अर्को सानो अर्थात् चैते दशैँ । भाइबहिनीहरू अब चैतै दशैँको सुरुवात कसरी भयो र किन मनाइन्छ भन्नेबारेमा जानकारी राखौँ है त । पुराना कथनका अनुसार पहिले पहिले मुख्य दशैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुक्खा भएर खडेरी पर्ने, मौसमी बदलीका साथै दशैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दशैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने बताउनु भएको छ ।
कैलालीको मध्य क्षेत्रमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत घोडाघोडी ताल, पौराणिक र पुरातात्त्विक महत्व बोकेको पद्मप्रकाशेश्वर शिव मन्दिर, नेपालकै ठूलो मानिएको मानव निर्मित टीकापुर बृहत् उद्यान, विश्वकै दुर्लभ जलचर डल्फिन यहाँ छन्। धार्मिक महत्व बोकेका नैनादेवी, बेहडाबाबा, बर्दगोरिया र गोदावरी धाम धार्मिक तथा पर्यटकीय आकर्षकका लागि उपयुक्त रहेका छन्। राणाकालीन गर्भा दरबार, एउटा खम्बा अडिएको कर्णाली पुललाई पनि एतिहासिक सम्पदाको रूपमा लिन सकिन्छ।
दुई कम्युनिस्ट पार्टीहरू बिच आज एकता हुने भएको छ । आज (शुक्रबार) धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बिच पार्टी एकता हुने भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
मुक्त कमलरी आत्मनिर्भर र स्वावलम्बनमा जोडिन थालेका छन्। पछिल्ला दिनमा मुक्त कमलरीले विभिन्न पेसा, व्यवसाय गर्न थालेका छन्। आफू आत्मनिर्भर बन्नेक्रममा धेरैजसो मुक्त कमलरी परम्परागत पेसा, व्यवसायभन्दा फरकखालका काम पनि गर्न थालेका छन्। तीमध्येकी आत्मनिर्भरताको बाटोमा हिँड्न थाल्नुभएकी घोराही उपमहानगरपालिका–८ बेलुवाकी मुक्त कमलरी अनिता चौधरी हुनुहुन्छ। उहाँ विगत केही वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ।
बाढीपहिरो रोक्न प्रायः ग्याबिन जाली हाल्ने गरिन्छ तर बाजुराको बूढीगङ्गा नगरपालिका–६, बाम्का बजारमुनिको मौरे क्षेत्रमा भने चट्टान (ढुङ्गा) बचाउन ग्याबिन हालिएको छ। बाजुराका झन्डै १५० भन्दा बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराको प्रतिवेदनमा उल्लेख छ। ती बस्तीको बाढीपहिरो रोक्न ग्याबिन लगाउनुपर्नेमा चट्टान बचाउन ग्याबिन लगाइएको छ।
बाजुराको सेरा आटीचौर सडक निर्माण कार्य करिब दुई वर्षसम्म ढिलाइ भएको पाइएको छ। सो सडक निर्माणको काम तत्कालै पूरा हुने सम्भावना पनि न्यून देखिएको छ। २०७९ साल चैत मसान्तसम्म काम पूरा गर्ने गरेर २०७७ असारमा जयदेवी एसएस निर्माण सेवा प्रालिले सेरा आटीचौरअन्तर्गत पर्ने बल्देदेखि धुरालसैनसम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माण कार्यको जिम्मा लिएको थियो।
कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले विपन्न २० परिवारलाई निःशुल्क धारा वितरण गरेको छ। पूर्वी नवलपरासीको कावासोतीमा रहेका विपन्न परिवारका घरमा मङ्गलबार धारा वितरण गरिएको हो। नगरप्रमुख विष्णु भुसाल, संस्थाका अध्यक्ष दीपकराज लम्साल, खानेपानीका पूर्वअध्यक्ष भीम कँडेललगायतले धारा हस्तान्तरण गर्नुभएको हो। धारा, मिटरबक्स, पाइपलगायत जडान गर्दासम्म लाग्ने सम्पूर्ण सामग्री निःशुल्क हुने गरी धारा वितरण गरिएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दीपकराज लम्सालले बताउनुभयो।
पर्यटकलाई निम्ता गर्दै नेपाली नयाँ वर्षको अवसरमा होटल सङ्घ पोखराले फेवा नववर्ष महोत्सवको आयोजना गरेको छ। पर्यटकको स्वागतमा जागिरहने पोखरामा पर्यटक आवागमन न्यून भइरहेकाले नेपाली नयाँ वर्षसँगै यो अवस्था नरहने विश्वास व्यवसायीको छ। चैत २९ गतेबाट तीन दिन १८औँ फेवा नववर्ष महोत्सव मनाउने होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। पोखरा–६ लेकसाइडको दुई किलोमिटर सडकमा महोत्सवका निम्ति सवारीसाधन आवागमन पनि रोकेर कार्यक्रम गरिँदै छ। महोत्सवले गण्डकी प्रदेशको