छठ पर्व नजिकिँदै गर्दा काठमाडौंको गुह्रेश्वरी क्षेत्रमा एक्जाभेटरको प्रयोग गरी बागमती सफा गरिँदै छ । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको हो ।
सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।
नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदै गर्दा पटाकालगायतका आतसबाजी सामान प्रहरीले बरामद गर्न थालेको छ । इलाका प्रहरी कार्यालय बुटवलले तीन लाख ३७ हजार मूल्य बराबरको पटाका बरामद गरेको हो ।
विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाको सुनका तयारी गहना १५३ ग्राम आठ मिलिग्राम र चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम पाँच मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनीधि वाग्लेले जानकारी दिनुभयो ।
सुनसरीको इनरुवा–२ का अभिषेक पण्डित माटाको दियो बनाउँदै । तिहार नजिकिएसँगै कुमालेलाई दियोलगायत माटाको भाँडाकुँडा बनाउन भ्याइनभ्याइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “जलवायुको मुद्दामा नेपालले महत्वपूर्ण पहल लिन सक्छ । यो मुद्दामा विश्वलाई नै हामीले नेतृत्व गर्ने गरी हामी प्रस्तुत हुनुपर्छ ।”
काठमाडौँ महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि शिक्षामा सीप कार्यक्रममा प्रशिक्षण दिन चाहने सङ्घसंस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरमा कार्यवाहक अध्यक्षको जिम्वेवारी सचिव विष्नुप्रसाद सापकोटा (बिमल) ले पाउनुभएको छ ।
गुल्मीमा १५ वर्षीया किशोरीको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताउनुभएको छ ।
हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन् ।
मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा रु १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो ।
आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतमा उत्पादित हानिकारक सुर्तीजन्य पदार्थको नेपालमा बिक्री वितरण प्रतिबन्धित छ । तर पनि नेपालगन्ज लगायत बाँकेका विभिन्न ठाउँमा हरेकजसो पान पसल र किराना पसलमा भारतीय सुर्तिको बिक्री खुला रुपमा भइरहेको पाइन्छ ।