वृहत आर्थिक नीति निर्माण र औद्योगिक एवम् व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सझदारी भएको छ ।
नेपाल तेक्वान्दो सङ्घले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा काँस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
साना एकैनाशका घर, फुसले छाएको छानो मक्किएर पानी पर्दा चुहिने भएका छन् । माटोको भित्ता भत्किएर वारपार देखिन थालेका छन् । आँगनभरि उम्रिएका घाँस झाडी भइसकेका छन् । फुसको छानोमा घाँस उम्रिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ । शुक्रबार नेपाल टी–२० विश्वकप छनोट भएकोमा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको हो ।
सुनकोसी गाँउपालिका –३ स्थित प्रगतिशील माविमा अध्ययनरत विद्यार्थीले पढाइसँगै सयपत्री फूल खेती गरेर फूल उत्पादन गरेका छन् ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णय लागि कलम चलाउन कोही पनि डराउन नहुने धारणा राख्नुभएको छ ।
खानी तथा भूगर्भ विभागले देशभरका विभिन्न सहरको भू-इञ्जिनियरिङ तथा वातावरणीय अध्ययन गरेको छ । विभागले नेपालका विभिन्न भागमा विकसित हुँदै गएको सहरको भूवनोट र उक्त स्थानमा सहर बस्न हुन्छ कि हुँदैन भन्ने उद्देश्यका साथ वि.सं.२०५२ देखि प्रत्येक वर्ष एक सहरको अध्ययन गर्दै आएको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्ममा ६५ लाख २० हजार बक्यौता रकम उठाएको छ ।
थारू समुदायमा रहेका बरघरहरूको सहयोगले पालिकाको न्यायिक समितिलाई काम गर्न सहज भएको छ । सोही कारणले पालिकाको न्यायिक कार्य प्रभावकारी देखिएको छ ।
ओमान सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारबेँसीमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित ।
उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको बताएको छ ।
नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । दसैंलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका –७ मा रहेको सेतीबेनी शिलाको दर्शन गर्न गएका बेला कालीगण्डकी नदीमा डुबेर आमाको मृत्यु भएको छ । छोराको अवस्था गम्भीर रहेको छ ।