भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले आन्तरिक नियमन प्रणाली बलियो बनाउन सके सहकारीमा समस्या नआउने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी महासम्मेलनको दोस्रो दिन कार्यपत्र प्र्रस्तुत गर्दै रेग्मीले भन्नुभयो, “सहकारीमा माथिबाटै सफाइ गर्नु आवश्यक छ । यसो हुन सके सुशासनमा प्रवद्र्धन पुग्छ ।” कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण गठन गर्न सरकार सकारात्मक भएको भन्दै उहाँले सहकारीका समस्या समाधान गर्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
सफा हिमाल अभियान २०२३ अन्तर्गत विभिन्न चारवटा हिमाल सरसफाइका लागि नेपाली सेनाले तीनवटा टोलीलाई जिम्मेवारी दिएको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सेनाले सगरमाथा र ल्होत्से हिमाल सफाइका लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली, अन्नपूर्ण हिमाल सफाइका लागि सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा १० जनाको टोली र बरुन्चे हिमाल सफाइका लागि सात जनाको टोली खटाइएको छ । सगरमाथा र ल्होत्से सफाइमा खटिएको टोली मङ्गलबार स्याङ्सोचे पुगेको र स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गरी एक साताभित्र सगरमाथा आधार शिविर पुग्ने प्रवक्ता भण्डारीले बताउनुभयो ।
नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनको अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगतिको समीक्षा गर्दै समयमै सम्पन्न गर्न ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ ।
काठमाडौँ उपत्यका मेयर फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । शुक्रबार उपत्यकामा सम्पन्न तीन जिल्लाका १८ वटा नगरपालिका प्रमुख र उपप्रमुखको भेलाले उपत्यका नगरपालिका फोरमको अध्यक्षमा महर्जनलाई चयन गरेको हो । उपाध्यक्षमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, सचिवमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, सहसचिवमा मध्यपुर थिमिका प्रमुख
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र विकासलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । शुक्रबार गोरखा सदरमुकाममा आयोजित विभिन्न कार्यक्रममा बोल्दै उहाँले आफूलाई आराम गर्ने छुट नभएको बताउनुभयो । “बितेका सय दिन अलि उतार चढाव भयो । फेरि पनि जहाँ आएर ल्यान्ड हुनुपर्ने हो त्यहाँ आएर ल्यान्ड भएको छ,” उहाँले भन्नुभयो, “अब खुसीका साथ मलाई आराम गर्ने छुट छैन ।”उहाँले विगत तीन महिना
कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको छ । २०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भएको थियो । यो विमानस्थलले अहिले जहाजको प्रतीक्षा गरेका छन् ।
पाटीको बास भएका दोलखाको तामाकोशी गाउँपालिका–१, भीरकोट माझी गाउँका ६५ वर्षीय दानबहादुर माझीले बस्ने बास पाउने हुनुभएको छ। गत चैत १३ गते गोरखापत्र अनलाइनमा प्रकाशित सडकले सुकुम्बासी बनाएपछि बिचल्लीमा दानबहादुर शीर्षकको प्रभावले वडा कार्यालयले घर बनाइदिने भएको हो।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई देशकै पहिलो ‘स्वस्थ सहर’मा सूचीकृत गर्न पहल सुरु गरिएको छ। सरकारले लिएको दिगो विकास लक्ष्यका १७ वटा सूचकमध्ये गरिबी निवारण, गुणस्तरीय शिक्षा, गुणस्तरीय खानेपानी र शून्य कार्बन उत्सर्जन गरी चारवटा लक्ष्य पूरा गरेको धुलिखेल नगरपालिकाले नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)मा पहल गरेको हो।
नेपाल–भारतबीच जीटुजी (सरकारदेखि सरकार) प्रणालीबाट मल खरिद गर्ने सम्झौता भएको एक वर्षभन्दा बढी भइसक्यो तर नेपालले हालसम्म ३० हजार मेट्रिक टन मल ल्याउन मात्र सकेको छ । नेपाल र भारतीबीच २०७८ फागुन १६ गते जीटुजी सम्झौताबाट मल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार भारतबाट पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी मल आउनुपर्ने हो । सन् २०२१–२२ मा एक लाख मेट्रिक टन युरिया र डीएपी ५० हजार टन आउनुपर्ने थियो तर हालसम्म ३० हजार मेट्रिक टन युरिया मात्र आइपुगेको छ ।
फलको राजा मानिने आँपमा फूल लाग्ने बेलादेखि नै रोगको प्रकोप बढेकाले यो वर्ष उत्पादनमा ह्रास आउने भएको छ । मौसमी प्रतिकूलता र रोगका कारण आँपको फूल (मञ्जर) नै डढेकाले उत्पदनमा निकै कमी आउने जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । बोटमा फल नलागेपछि आँप कृषकले करोडौँ रुपियाँ बारबरको क्षति बेहोर्नुपर्ने भएको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको मस्यौदा तयार गर्ने समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव भूपाल बरालको नेतृत्वमा सरकारले समिति गठन गरेको हो । मस्यौदा लेखन समितिमा मन्त्रालयकै सहसचिवहरू उत्तरकुमार खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य हुनुहुन्छ । समितिलाई बजेट वक्तव्यसहित दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी तोकिएको छ ।
सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष छ। भूगर्भविद् डा. रञ्जनकुमार दाहाल सडकसँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताउनुभयो।
संसद् सचिवालयमा दर्ता भएको विधेयकमा नागरिकले अब अनलाइन माध्यमबाटै सुझाव तथा प्रतिक्रिया दिन पाउने भएका छन् । सङ्घीय संसद् सचिवालयले यस्तो अभ्यासलाई नियमित र प्रभावकारी बनाउन शुक्रबारदेखि तीनवटा विधेयकमा पथप्रदर्शी अभ्यास सुरु गरेको छ ।
नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित आठवटै क्षत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो । यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पु-याउने लक्ष्य केन्द्रले लिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी)को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो ।