हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।
अरुको ज्यानमा पेट्रोल छर्किएर आगो लगाई मार्न खोजेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।अरुको ज्यानमा पेट्रोल छर्किएर आगो लगाइ मार्न खोजेको आरोपमा प्रहरीले कनकासुन्दरी गाउँपालिका –१ का ३४ बर्षीय चन्द्र भनिने चन्द भण्डारीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीले इजरायल र प्यालेस्टाइनबीच भइरहेको युद्धको सन्दर्भमा प्यालेस्टिनी शरणार्थीको पक्षमा काठमाडौंमा प्रदर्शन गरेको छ ।
परिवारका चार जनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चार जना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने हुनुभएको छ । यही कात्तिक १६ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आजदेखि राष्ट्रव्यापी रुपमा बालबालिकालाई भिटामीन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले कानूनबमोजिमको अधिकार प्रयोग गरेर आम नागरिकको समस्या समाधान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
कैलालीस्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । साउन अन्तिम सातादेखि क्वारेन्टाइन आकर्षण हुने सम्पूर्ण सामग्री आयात ठप्प भएपछि राजस्व असुलीमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले लागुऔषध मधेश प्रदेशको प्रमुख समस्या भएको भन्दै यसको नियन्त्रणका लागि मन्त्रालयले प्रभावकारी रुपमा परिणाममुखी कामकाज अघि बढाएको बताउनुभएको छ ।
वृहत आर्थिक नीति निर्माण र औद्योगिक एवम् व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सझदारी भएको छ ।
नेपाल तेक्वान्दो सङ्घले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा काँस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
साना एकैनाशका घर, फुसले छाएको छानो मक्किएर पानी पर्दा चुहिने भएका छन् । माटोको भित्ता भत्किएर वारपार देखिन थालेका छन् । आँगनभरि उम्रिएका घाँस झाडी भइसकेका छन् । फुसको छानोमा घाँस उम्रिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ । शुक्रबार नेपाल टी–२० विश्वकप छनोट भएकोमा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको हो ।
सुनकोसी गाँउपालिका –३ स्थित प्रगतिशील माविमा अध्ययनरत विद्यार्थीले पढाइसँगै सयपत्री फूल खेती गरेर फूल उत्पादन गरेका छन् ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णय लागि कलम चलाउन कोही पनि डराउन नहुने धारणा राख्नुभएको छ ।