गए रातीको भूकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु पुष्टि भएको छ ।
विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।
मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
जिल्लामा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता रानीवन गोल्ड कपको फाइनलमा सिमकोट गाउँपालिका –२ को ठेहे राइजिङ युवा क्लव ‘बी’ र खार्पुनाथ गाउँपालिका –४ को माझा युवा क्लब भिड्ने भएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने भएकाले त्यसको फाइदा पनि स्थानीयले पाउनुपर्ने बताउनुभएको छ । अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री महतले सो कुरा बताउनुभएको हो ।
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान गरेको छ ।
सुनसरीको चतरा पुल नजिकै सप्तकोशी नदीमा मोटरबोट दुर्घटना परेको छ । कोशी प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीद्वारा सञ्चालित “सि.सं. ४ गोताखोर तालिमको अन्तिम प्रवचन कार्यक्रममा सहभागी हुन गएका पत्रकार तथा आगन्तुक सवार मोटरबोट दुर्घटनामा परेको हो ।
आगामी तीन दिन पहाडी भूभागका केही स्थानमा आंशिक बदली भए पनि बाँकी भूभागको मौसम सफा रहनेछ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी भूभागका केही स्थानमा मौसम आंशिक बदली भएको छ ।
दाङमा चाडपर्व लक्षित गरी अनुगमन गरिएको छ । अनुगमनबाट प्राप्त म्याद गुज्रिएका सामग्री नष्ट गरी बिक्री गर्नेलाई जरिवाना गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपूरासुन्दरी आफैँमा पवित्र पर्यटकीय गन्तव्य भएकाले यस ठाउँको विकास गरिनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताउनुभएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा ‘मानवताविरुद्धको अपराध’ भइरहेको भन्दै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गर्नुभएको छ ।
नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक-आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरुको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवम् विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् ।
कोशी प्रदेशसभाको बैठक आगामी कात्तिक २० गते सोमबार बस्ने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना प्रकाशन गरी बैठक बस्ने जानकारी गराएको हो ।
पूर्वी नवलपरासीका किसानहरु यतिबेला धान काट्न र थन्काउनमा व्यस्त छन् । पछिल्लो समय कृषि क्षेत्रमा विभिन्न मेसिनरी उपकरणहरु भित्रिए पछि काम गर्न सहज हुँदै गएको छ ।