शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि भेरी अस्पतालमा आवश्यक पूर्व तयारी गरिएको छ ।
फोर्थ इस्टेट वा फोर्थ पावर शब्दले प्रेस र समाचार जगत्लाई जनाउँछ । चौथो अङ्ग÷शक्तिले प्रेसमा राजनीतिक मुद्दालाई तयार गर्न सक्ने अन्तर्निहित क्षमता छ भन्ने देखाउँछ । पत्रकारिताले समाचार र विचार मात्र प्रवाह गर्दैन, यसले निगरानी, सहसम्बन्ध, सांस्कृतिक प्रसारण, जनतालाई सङ्गठित गर्ने र जनमत निर्माणको महत्वपूर्ण भूमिका निर्वाह गर्छ । पत्रकारिताको प्रमुख केन्द्रमा नागरिक भएको हुँदा अधिक शक्तिशाली भएको छ । मानिसमा सञ्चारको प्रभाव धैरै पर्छ । प्रत्येक मानिसले सञ्चारमा पहुँच पुगोस भनेर कामना गर्छ । लोकतान्त्रिक देशमा सञ्चार माध्यमलाई राज्यको चौथो अङ्ग भनिने कारण यहीँ हो । चौथो अङ्ग संवैधानिक रूपमा
प्राध्यापक अमत्र्य सेनका अनुसार विकास प्रक्रियाको अन्तिम लक्ष्य मानव विकास हो । जसको दायराभित्र सामाजिक प्रगति, आयमा वृद्धि, क्षमता विकास, समता, सहभागिता तथा स्वतन्त्रता, वातावरणीय दिगोपना र मानवीय सुरक्षा पर्दछ । खासगरी सन् २००० मा घोषित सहस्राब्दी विकास लक्ष्यमा पहिलो पटक मानव विकास र वातावरणलाई अन्योन्याश्रित पक्षका रूपमा स्वीकार गरिएको थियो । तथापि सन् १९८० को दशकमै दिगो विकासको अवधारणासँगै विकासमा वातावर
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठुलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ ।
जाजरकोट जिल्लाकाे बारेकोट गाउँपालिका रामिडाडा केन्द्र विन्दु भएर मध्यरात गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी ९२ जनाको मृत्यु भएको छ ।
हरेक परिणाम हुनुअगाडि कारण हुन्छ, कारणबाट नै परिणामको पुनरुत्पत्ति हुन्छ । समयले घटना लिएर आउँछ, समयले दिएको घटना दोहरिँदैन । बगेको पानी फर्किंदैन भने झैँ बितेको समय फर्किंदैन तर पनि उस्तै मौसम, महिना र ऋतु अनुसार हुने गर्दछ । यो प्रकृति समय अनुसार हुने कुरा हो । बगेको पानी नर्फके पनि बगेको पानी वाष्पीकरण भएर वर्षा हुन्छ, खोलाको प्रवाह पुनः बढ्न थाल्छ । स्थिति त्यस्तै भए पनि प्रक्रिया फरक हुन्छ, यस्तो क्रम दोहोरिइरहन्छ, यो प्रकृतिको नियम हो ।
नवलपुर जिल्लाको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरथोर सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौबारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षहरूमा बजारको समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने र पहिले नै अर्डर गर्ने हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको व्यापारी बताउँछन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
स्थानीय घरेलु उद्योगलाई एकत्रित गरी सञ्चालन गर्ने उद्देश्यले धनकुटामा आवश्यक संरचना निर्माण गरेको तीन/चार वर्ष बितेको छ । औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर २०७५ सालमा औद्योगिक ग्रामको पहिलो चरणको काम सम्पन्न गरी सञ्चालनको तयारी गरियो । अहिले यहाँ दुई चरणमा गरी १४ करोड बढी रकम खर्च गरी २७ ब्लक निर्माण भएका छन् ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
गीतकार सुवासचन्द्र ढुङ्गेलको रचना र गायिका चिरिमाया महर्जनको आवाज रहेको गीत ‘रातोदिन रुवाएर’ शुक्रबार सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको सङ्गीत रहेको छ । अगस्ती इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत ढुङ्गेलको अफिसिल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । शुक्रबार एक कार्यक्रमबिच अभिनेतृ मिथिला शर्माले गीतको सार्वजनिक गर्नुभएको हो ।
चलचित्र लुटका निर्देशक निश्चल बस्नेतको ‘दिमाग खराब’ र सलमान खान अभिनित बलिउड चलचित्र ‘टाइगर ३’ तिहारलाई लक्षित गरेर प्रदर्शन हुँदै छ । यस पटक निर्देशक बस्नेतले चलचित्र प्रदर्शनमा ल्याउने घोषणा गरेर जोखिम उठाउनुभएको देखिन्छ । उहाँको चलचित्रले ‘वर्ड अफ माउथ’ सकारात्मक आएको खण्डमा दर्शकबाट राम्रो व्यापार गर्न सक्ने देखिन्छ । निर्देशक बस्नेतले दर्शकलाई एउटा राम्रो चलचित्र दिन ‘दिमाग खराब’ निर्माण भएको बताउनुभयो । उहाँले चलचित्रको कथा र विषयवस्तु नै राम्रो भएको दाबीसमेत गर्नुभयो । एउटा विदेश जान लागेको पात्र, उसले भोग्नुपर्ने समस्या र त्यसले उसको जीवनमा पार्ने प्रभावका विषयमा चलचित्र बनेको उहाँको भनाइ छ ।
चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अन्तर्राष्ट्रिय अवार्ड पाउनुभएको छ । चुडालले फिलिपिन्सको बागुयो सहरमा आयोजित पुरुष अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनल २०२३ मा मिस्टर कन्जिनियालिटीको अवार्ड पाउनुभएको हो ।
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ ।