• ५ जेठ २०८१, शनिबार

तिहारमा दुई चलचित्र

blog

काठमाडौँ, कात्तिक १८ गते । चलचित्र लुटका निर्देशक निश्चल बस्नेतको ‘दिमाग खराब’ र सलमान खान अभिनित बलिउड चलचित्र ‘टाइगर ३’ तिहारलाई लक्षित गरेर प्रदर्शन हुँदै छ । यस पटक निर्देशक बस्नेतले चलचित्र प्रदर्शनमा ल्याउने घोषणा गरेर जोखिम उठाउनुभएको देखिन्छ । उहाँको चलचित्रले ‘वर्ड अफ माउथ’ सकारात्मक आएको खण्डमा दर्शकबाट राम्रो व्यापार गर्न सक्ने देखिन्छ । निर्देशक बस्नेतले दर्शकलाई एउटा राम्रो चलचित्र दिन ‘दिमाग खराब’ निर्माण भएको बताउनुभयो । उहाँले चलचित्रको कथा र विषयवस्तु नै राम्रो भएको दाबीसमेत गर्नुभयो । एउटा विदेश जान लागेको पात्र, उसले भोग्नुपर्ने समस्या र त्यसले उसको जीवनमा पार्ने प्रभावका विषयमा चलचित्र बनेको उहाँको भनाइ छ । 

त्यस्तै सलमान खान अभिनित टाइगरले अघिल्लो दुई सिरिजमा बक्स अफिसमा धेरै राम्रो व्यापार गरेको थियो । त्यसैले यसको तेस्रो सिरिजले पनि बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्दैन भन्न सकिँदैन । यस कारण यो पनि हो कि दर्शकका लागि दुवै चलचित्र धेरै प्रतीक्षित छन् । 

नेपाली चलचित्र दसैँका लागि फलदायी बन्यो भने अब तिहारमा भने यस पटक अवसर र चुनौतीबिच अगाडि बढ्ने पक्का छ । यदि तिहारमा पनि नेपाली चलचित्रले राम्रो व्यापार ग¥यो भने नेपालमा बलिउड र साउथको दबदबा धेरै हदसम्म कम हुने छ ।