• ११ मंसिर २०८१, मङ्गलबार

मिस्टर इन्टरनेसनलमा अभिषेकलाई अवार्ड

blog

काठमाडौँ, कात्तिक १८ गते । चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अन्तर्राष्ट्रिय अवार्ड पाउनुभएको छ । चुडालले फिलिपिन्सको बागुयो सहरमा आयोजित पुरुष अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनल २०२३ मा मिस्टर कन्जिनियालिटीको अवार्ड पाउनुभएको हो । 

हिमालय एयरलाइन्समा क्याबिन क्रु रहेका अभिषेक यसअघि मिस्टर नेपाल २०२२ मा फस्ट रनर्सअप हुनुभएको थियो । उहाँलाई मिस्टर नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिइईले सम्पूर्ण तयारीसहित मिस्टर इन्टरनेसनल २०२३ मा नेपालका तर्फबाट सहभागी गराएको थियो । प्रतियोगितामा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि प्राप्त गर्नुभयो । प्रतियोगितमा विभिन्न ३५ देशका पुरुषले प्रतिस्पर्धा गरेको ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराउनुभयो ।