• ११ मंसिर २०८१, मङ्गलबार

कारणबाट परिणामको पुनरुत्पत्ति

blog

हरेक परिणाम हुनुअगाडि कारण हुन्छ, कारणबाट नै परिणामको पुनरुत्पत्ति हुन्छ । समयले घटना लिएर आउँछ, समयले दिएको घटना दोहरिँदैन । बगेको पानी फर्किंदैन भने झैँ बितेको समय फर्किंदैन तर पनि उस्तै मौसम, महिना र ऋतु अनुसार हुने गर्दछ । यो प्रकृति समय अनुसार हुने कुरा हो । बगेको पानी नर्फके पनि बगेको पानी वाष्पीकरण भएर वर्षा हुन्छ, खोलाको प्रवाह पुनः बढ्न थाल्छ । स्थिति त्यस्तै भए पनि प्रक्रिया फरक हुन्छ, यस्तो क्रम दोहोरिइरहन्छ, यो प्रकृतिको नियम हो । 

पहिलो घटना, दोस्रो घटनाको कारण हुन्छ । दोस्रो घटना पहिलो घटनाको परिणाम हुनु हो । कारण प्रश्न हो भने परिणाम उत्तर हो । यो मुक्ति नपाउन्जेल क्रमशः भुक्ति भइरहन्छ । मुक्तिका लागि शक्ति हुनेसँग भक्ति गरिन्छ । ईश्वरसँग शक्ति भएकै कारणले ईश्वरको हामी भक्ति गर्दछौँ । हामी मुक्ति नहुन्जेल पहिलो भुक्तिको शेष रहुन्जेल पूर्वजन्मबाट पुनर्जन्म भइरहनु पर्छ । 

श्रवणकुमारको माता ज्ञानवन्ती, पिता शान्तनु पूर्वजन्ममा हाँस, हाँसनी थिइन् । रातमा कछुवाको आँखा चम्केको अरू केही वस्तु ठानी चुचोले ठुग्दा कछुवाको आँखा परेर फुट्न थाले । उनीहरू पछि मनुष्य जन्ममा अन्धाअन्धी हुनु प¥यो । पानीको प्यासमा आएको कछुवा आँखा फुटेर मर्नु प¥यो । त्यसरी नै पानी लिन जान लागेको श्रवण कुमारलाई दशरथ शब्दभेदी वाण लागेर श्रवणकुमारको मृत्यु भयो । शान्तनु र ज्ञानवन्तीको पुत्र वियोगको श्रापले राम वनवास पठाई पुत्र वियोग भई दशरथको मृत्यु भयो । रामलाई चौध वर्ष वनवास पठाउने कैकेयी, भगवान् श्रीकृष्णको माता भएर पनि देवकी चौध वर्ष जेलमा बस्नु प¥यो । रामको माता कौशल्याबाट चौध वर्ष रामसँग छुट्न परेकाले द्वापर युगमा कृष्ण चौध वर्ष यशोदासँग बस्न पाए । यसरी नै हाम्रो जीवनमा पनि स्वाभाविक रूपले प्रकृतिले प्रक्रिया मिलाइरहेको हुन्छ । 

कसैले यो प्रक्रिया चाल पाउँछन्, कसैले चाल पाउँदैन । हाम्रो शरीरमा पनि खाना अनुसार स्वास्थ्यले काम गरेका हुन्छ । माटोमा मलजल राखेर हेरविचार गरे अनुसार बिरुवा सप्रेको हुन्छ । मानिसको सङ्गत अनुसार उनको विवेक भएको हुन्छ । हामी जति चतु¥याइँ भई फट्याइँ गर्छौं त्यति चिन्ता र मनमा बोझ भएर आँउछन् । फट्याइँमा असन्तोषको बोझ हुन्छ, यो कारण पछि हुने परिणाम प्रकृतिको नियम हो, सबैले भोग्नै पर्छ । हुन त हामी जन्मँदाखेरि नै म केही गर्छु, जे जति समस्या पर्छ भोग्नै पर्छ, सङ्घर्ष गर्छौं भनी मुट्ठी कसेर आएका छौँ । आखिर मरणमा केही गर्न सकेनौँ भनेर यो दुनियाँमा केही लिएर जानु छैन भनेर मुट्ठी खोलेर जान्छौँ । 

हाम्रो समाजमा नराम्रो गर्नेको राम्रो, राम्रो गर्नेको नराम्रो भएको हामीले देखेका छाँै । यो परिस्थिति क्षणिक मात्र हुन्छ धेरै लामो समय रहँदैन । कुल घराना राम्रो छ भने त्यो लामो समयसम्म उनको साखा सन्तानले सुख पाएका देख्छाँै । नराम्रो मान्छेको विचार भत्किँदै उनको कुल पनि भत्किँदै जान्छ । यो हाम्रो समाजमा कैयौँ मानिसको पहिलाको पुस्तालाई हे¥यो भने हामीले अनुभव गर्न सक्छौँ । त्यसैले हामीले सबैभन्दा पहिले सकारात्मक सोच गर्न सक्नु पर्छ । भित्र मनमा जे छ, त्यो आफूले चाल नपाउने गरी बाहिर प्रकट हुन्छ । हामीले जे गर्दा पनि कतै जान लागे पनि पहिले मनभित्र कुरा आउँछ, त्यही अनुसार कार्यान्वयन गर्छाैं । राम्रोको परिणाम ढिलोचाँडो राम्रो भएर छोड्छ । त्यसैले अज्ञानीहरू यो लोकका लागि उद्यम गर्दछन्, ज्ञानीहरू परलोकका लागि उपाय गर्दछन् । त्यसैले तिनीहरू यहाँ पनि परलोकमा पनि सुख शान्ति पाउँछन् ।

शिवपुरीबाबा जुन आँखाले हेर्छन्, ती आँखाहरू पवित्र हुन्छन् । मनले तिनलाई स्मरण गरे गङ्गामा स्नान गरे जस्तै हुन्छन् । शिवपुरीबाबाले नेपालको हिमालयमा गएर तपस्या गरेर पशुपति आएर १३७ वर्षको समाधि लिनुभएको हो । पशुपतिको धर्मस्थलीमा उहाँको समाधि मन्दिर छ । उहाँको पिता अच्युतम सुल्तानको दरबारमा मन्त्री थिए । उहाँको हजुरबुवा प्रख्यात ज्योतिष थिए । उहाँले २५ वर्षको उमेरमा ओमकारेश्वरको अनकन्टार वनमा गई तपस्या गरे । २५ वर्षको कठिन साधनापछि ५० वर्षको उमेरमा उहाँलाई परमात्मा बोध भयो । 

५० वर्षको उमेरदेखि उहाँले धेरै देशमा पैदल यात्रा गर्नुभयो । भारतबाट सुरु गरेर उहाँ अफगानिस्तान हुँदै इरान पुग्नुभयो । सन् १८९६ मा ब्रिटिसको निमन्त्रणामा राजकीय पाहुनाका रूपमा उहाँले महारानी भिक्टोरियालाई भेट्नुभयो । सन् १९०१ मा उहाँ अमेरिका पुग्नुभयो । महासागरको टापुहरू हुँदै अस्टे«लिया, न्युजिलल्यान्डपछि जापान, चीन, तिब्बत हुँदै १०० वर्षको उमेरमा हिमाल भएर सन् १९२६ मा नेपाल आइपुग्नुभयो । आफ्नो जीवनमा उहाँले अनेक राष्ट्रप्रमुख, राष्ट्राध्यक्ष, प्रकाण्ड विद्वान्हरूसँग भेट्नुभयो । 

श्रीकृष्ण भगवान्ले गीतामा भन्नुभएको छ, “काम गर फलको आशा नगर ।” जसले त्याग भावनाले पवित्र भावनाले सकाम गर्छ । उनले पूर्ण रूपले जीवनमा सफलता पाउँछ । होइन भने मानिस भई जन्मेर सत्कर्म गर्न सकेन भने मानिसको जन्मनु, बढ्नु, घट्नु, नाश हुनु, मृत्यु हुनु, मानव जन्म निष्फल हुनु हो । 

श्रीकृष्ण भगवान्ले फलको आशा नगर भनेको आशा गरेर सोचे जस्तो भएन भने निराशा हुन्छ । जीवन निराशाका लागि होइन, प्रसन्नताका लागि हो । खुसी हुनु सुखी हुनु मानिस चेतना जागृत गरेर नीति नियमलाई पालना गर्नु सबैलाई भलो हुने क्रियाकलाप अपनाउनु पर्छ । यसरी विभिन्न कारणले विभिन्न किसिमका परिणामहरू भोगिरहनुपर्ने हुन्छ । मानिस भई जन्मेपछि पछि हुने दुष्परिणामबाट बच्न सत्कर्म गर्दै जानु पर्छ । जमाना अहिले भौतिक सुखसुविधामा मिठो खाने, पिउने, राम्रो लाउने, अरूलाई देखावटी तडकभडक गर्ने । यसले गर्दा मानिसको चित्त शुद्ध हुन सकेन, व्यवहार बिगिँ्रदै गयो । आम्दानी नभए पनि व्यवहार चलाउनै प¥यो, परिस्थितिले छलकपट गर्ने इमानजमान हराउँदै गयो । धन भएर पनि धन सञ्चय गर्ने मानिसको स्वभाव नभएको होइन । यहाँ जे जति बनेको छ, एक दिन स्वतः नाश हुन्छ । अति भएपछि खति हुन्छ, मानिसको स्वभाव जति भए पनि नपुग सम्पत्ति । लोभले लाभ लाभले विलाप भने झैँ सम्पत्तिको लोभले आपत्ति आइराखेको छ । मानिसको भित्री भावनामा धर्म र स्वाभिमान नभएकाले मन्दिरमा ताँती भए पनि भक्तिभावले भन्दा रहर करले मात्र हुने गरेको देखिन्छ । मानिसमा सुविधासम्पन्न भएर त्यो देशको स्वाभिमानी भएन भने त्यो देशका जनता कहिल्यै सुखी हुँदैन । 

आफ्नो व्यवहारलाई सुधार गर्न सकेन भने ग्रन्थलगायत वेद पढे पनि अर्थहीन हुन जान्छ । रावण वेदाङ्गहरूमा पारङ्गत थिए तर पनि मनलाई दूषित गर्नाले उनले दुष्परिणाम भोग्नुप¥यो । भगवान् श्रीकृष्णलाई महाभारतको युद्ध गराउनाले गान्धारीको श्रापले यदुवंशको कुल नाश भयो । वेदनिधि ब्राह्मण तृणविन्दकी छोरा जय र विजय दुवै जना वेदमा पारङ्गत थिए । सम्पत्तिको कुरामा झगडा हुँदा विजयले जयलाई हात्ती हुने श्राप दिए । जयले पनि विजयलाई गोही हुने श्राप दिए । एकचोटि हात्ती जलक्रीडा गर्न मन लागेर त्रिवेणी तीर्थमा जलक्रीडा गरिरहेको बेला पहिलाको रिस फेर्दै गोहीले हात्तीलाई खुट्टा समात्न थाले । गोहीले समातेको बेला हात्तीले नारायणलाई सम्झे, भक्तप्रिय नारायणले आफ्नो सुदर्शनचव्रm छोडेर गोहीको घाँटीमा हानेर मुख च्यातिदिएर हात्तीलाई बचाए । नारायणको चक्र घोटिनाले शिलाहरू चक्रकिट भए, त्यस तीर्थको नाम चक्रतीर्थ भयो । त्यसैले तीर्थहरूमा यो चक्रतीर्थ उत्तम मानिन्छ । 

मानिस भएर जन्म लिएपछि मानिसको जीवन सफल गर्न सचेत भएर अनुशासनमा बसी सत्कर्म गर्नु पर्छ । जसबाट चिन्ता विलय भएर अभय हुन सक्छ, यसबाट प्रसन्न भएर आफ्नो लक्ष्य हासिल गर्न सक्छ । लक्ष्य हासिल गरेर जीवन पूर्णता र सार्थकता बनाउन सक्छ । अकर्मले लाभ, अलाभ, यश, अपयश, निन्दा, प्रशंसा, सुख दुःखले गर्दा नै मानिसको मन विचलित भएर चित्तमा विकार उत्पन्न हुन्छ । लोभ र घमण्डले दुष्कर्म हुन थाल्छ । दुष्कर्मको फल दुष्परिणाम हुन जान्छ । दुष्परिणामबाट बच्न दुःखलाई निराकरण गर्न चेतना जगाएर सत्कर्म गर्न पनि दुःखै गर्नु पर्छ । 

हरेक महापुरुषले दुःखलाई निराकरण गर्न दुःखै गरेको हुन्छ । महापुरुष हुन त्याग, नैतिकता, निष्कामता, समानता, परोकार, निरन्तर कार्यशीलता गुणयुक्त हुनु पर्छ । ऋणबाट ऋण, धनबाट धन बढे जस्तै धर्मबाट धर्म गर्ने अवसर मिल्छ । यही सत्कर्मबाट जीवनलाई मध्यस्थ शक्ति बनाई मनुष्य जन्म हुनुको सार्थकता बनाउन सकिन्छ । यसरी कारणबाट परिणामको पुनरुत्पत्ति हुन्छ । 

   

Author

अशोक शोकी