• १२ साउन २०८१, शनिबार

भूकम्प अद्यावधिक : जाजरकोटमा ९२ जनाको मृत्यु, सयौँको सङ्ख्यामा घाइते (फोटो फिचर)

blog

भूकम्पले क्षति पुर्‍याएको जाजरकोटका वस्तिहरू । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट कात्तिक १८ गते । जाजरकोट जिल्लाकाे बारेकोट गाउँपालिका रामिडाडा केन्द्र विन्दु भएर मध्यरात गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी ९२ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका ३ र १ नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकामा धनजनको ठुलो क्षति भएको छ । 

मध्यरात गएको भूकम्पमा परी नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार  हिजो राती गएको भूकम्पमा परी ९२ जनाको मृत्यु भएको बताउनुभयो ।  


घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई सुर्खेत, नेपालगन्ज पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले बताउनु भयो । गम्भीर घाइतेहरूलाई हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनु भयो । 

भेरी नगरपालिका ३ पीपलडाडाँ, माथिल्लो थाप्ले भेरी १ को रावतगाउँमा ठुलो क्षति भएको छ । रातभर सर्व साधारणले सडक, विद्यालयका प्राङ्गणमा बसेर रात कटाएका छन् ।  


यो पनि पढ्नुहोस

भूकम्प अद्यावधिक : मर्नेको सङ्ख्या १३२ पुग्यो