• २२ वैशाख २०८१, शनिबार

मन्त्रिपरिषद् बैठकका १८ निर्णय

राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जानुहुँदै

blog

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक १७ गते । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने हुनुभएको छ । यही कात्तिक १६ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको हो ।

राष्ट्रपति फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि सङ्घीय  गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न यही कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँ भ्रमण सकेर मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम तय भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो बारे जानकारी दिनुभएको हो ।


मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : कविता थापा

उहाँले भन्नुभएको छ, ‘‘राष्ट्रपति रामचन्द्र पौडेलबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मिति २०८० मङ्सिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।’’

यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित परियोजना–आयोजनाका लागि २६१ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्री शर्माले चीनको साङ्घाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । त्यस्तै, बैठकले यससँगै अन्य विभिन्न १८ वटा निर्णय गरेको छ ।