• २२ वैशाख २०८१, शनिबार

प्यालेस्टिनी शरणार्थीको पक्षमा नेमकिपाको प्रदर्शन

blog

तस्विर : नेपाल मजदुर किसान पार्टीले प्यालेस्टिनी शरणार्थीको पक्षमा काठमाडौंमा गरेको प्रदर्शन ।

काठमाडौं, कात्तिक १७ गते । नेपाल मजदुर किसान पार्टीले इजरायल र प्यालेस्टाइनबीच भइरहेको युद्धको सन्दर्भमा प्यालेस्टिनी शरणार्थीको पक्षमा काठमाडौंमा प्रदर्शन गरेको छ । 

नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरु नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घकाे संयुक्त आयोजनामा शुक्रबार राजधानीमा उक्त प्रदर्शन भएको हो ।

नेमकिपाका नेता तथा कार्यकर्ताहरुले ‘संसारका न्यायप्रेमी जनता प्यालेस्टिनी जनताको समर्थनमा’, ‘नेपाल सरकार अमेरिकी साम्राज्यवादको पिछलग्गू बन्न नहुने’, ‘संयुक्त राष्ट्रसङ्घमा युद्धविराम र शान्ति प्रस्ताव तुहाइएको’ लगायत विभिन्न नारासहितको पर्चा, ब्यानरसहित प्रदर्शन गरेको छ । 

उक्त जुलुस प्रदर्शन काठमाडौंको विशालबजार, न्युरोड, सुन्धारा, रत्नपार्क हुँदै शान्तिवाटिकामा कोणसभामा  परिणत भएको छ ।