गएराति गएको भूकम्पका कारण घाइते भएकाहरूको बाँकेको नेपालगन्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगन्जमा भर्ना गरिएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँ व्यास नगरपालिका–१२ कमलवारीमा शनिबार बिहान ५ः१० बजे बस पल्टिदा चालक र बाँकी अन्य गरी ३४ यात्रु घाइते भएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजरकोट र रुकुम (पश्चिम) मा शुक्रबार रातिको भूकम्पमा परी जनधनको ठुलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता राखेर सरकार सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्पपीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरूका लागि ४ वटा बस नि:शुल्क गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) ले भूकम्प प्रभावितको उद्धार, राहत र खोजीमा जुट्न समग्र पार्टीपङ्क्तिलाई आग्रह गरेको छ ।
भान्सा कोठामा खाना बनाउने क्रममा मेरो कानमा सधैँ यी आवाज गुञ्जने गर्छ– ‘आलु, प्याज, टमाटर, काउली, बन्दा, मुला, लट्टेको साग, हरियो खुर्सानी ।’ यो आवाज विलिन हुन नपाउँदै हर्को आवाज एउटै
शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते तथा बेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमा केन्द्रित रहेको बताउनुभएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरूको राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।
यो हावा–हुरी चल्ने मौसम होइन । बिल्कुलै होइन । चलिरहेछ तर । लगातार । पूर्वबाट । पश्चिमबाट । उत्तर–दक्षिण सबैतिरबाट । चारै दिशाबाट । अब त हावाले पनि आफ्नो गति छाडे जस्तो छ । चल्न थालेपछि हावाले पनि आफ्नो गन्तव्य बिर्संदो रहेछ । आफ्नो