• १२ साउन २०८१, शनिबार

स्वास्थ्य मन्त्री बस्नेतको पहलमा भूकम्प प्रभावितका लागि ४ वटा बस नि:शुल्क

blog

काठमाडौं,  कात्तिक १८ गते ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरूका लागि ४ वटा बस नि:शुल्क  गरिएको छ ।

स्वास्थ्य मन्त्री बस्नेतको आग्रहमा पूर्व अरनिको यातायातले २ वटा बस जाजरकोटका लागि र २ वटा बस पश्चिम रुकुमका लागि नि:शुल्क उपलब्ध गराएको जानकारी दिएको छ । पूर्व अरनिको यातायातका अध्यक्ष केदार क्षेत्रीले स्वास्थ्य मन्त्री बस्नेतको आग्रहपछि सामाजिक उत्तरदायित्व अन्तरगत समितिले ४ वटा बस नि:शुल्क उपलब्ध गराएको बताए ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमका व्यक्ति आर्थिक अभावले घर जान नसकेको अवस्था भए सम्पर्क गर्न पनि पूर्व अरनिको यातायातले आग्रह गरेको छ ।