• ९ जेठ २०८१, बुधबार

राहत र पुनःस्थापनामा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह

blog

काठमाडौँ,  कात्तिक १८ गते ।  राष्ट्रिय सभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरूको राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको शोक विज्ञप्तिमा उक्त स्थानमा राहत र उद्धारका लागि सरकार, सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “प्राकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमै घाइतेको उद्धार र पीडितका लागि राहत तथा पुनः स्थापनाका लागि जुट्न आवश्यक छ ।”

कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ । उहाँले भूकम्पमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ ।  रासस