• ८ जेठ २०८१, मङ्गलबार

भूकम्प प्रभावितको उद्धार तथा राहतमा लाग्न माओवादी केन्द्रको अपिल

blog

काठमाडौँ,  कात्तिक  १८ गते ।  नेकपा (माओवादी केन्द्र) ले भूकम्प प्रभावितको उद्धार, राहत र खोजीमा जुट्न समग्र पार्टीपङ्क्तिलाई आग्रह गरेको छ । सो पार्टीका महासचिव देव गुरुङले विपद्को यस घडीमा कर्णाली प्रदेशलगायत पार्टीपङ्क्ति, जनवर्गी सङ्गठनलाई तत्काल उद्धार र राहतमा जुट्न आग्रह गर्नुभयो । 

गएराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण ठुलो जनधनको क्षति भएको छ । 

भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्तै मर्माहित भएको जनाउँदै उद्धारमा र राहतमा जुट्न महासचिव गुरुङले सबैमा अनुरोध गर्नुभएको हो । उहाँले उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई पनि निर्देशन दिनुभएको छ ।

विपद्को यस घडीमा घाइतेहरूको खोज तथा उद्धार गरी अविलम्ब उपचारको व्यवस्था मिलाउन, विस्थापितलाई पुनः स्थापनाको व्यवस्था गर्न, खाद्यान्नलगायतका आवश्यक बन्दोवस्तीका सामग्रीहरूको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग उहाँले माग गर्नुभएको छ ।  रासस