• १२ साउन २०८१, शनिबार

सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित : उपप्रधानमन्त्री खड्का

blog

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पत्रकारहरूसँग कुरा गर्नुहुँदै । तस्बिर : नवीन शाही

नवीन शाही

सुर्खेत, कात्तिक १८ गते । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमा केन्द्रित रहेको बताउनुभएको छ। 

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले प्रधानमन्त्री जाजरकोट पुगिसकेको र आफू सुर्खेत विमानस्थलमा खटिएको बताउनुभयो । खड्का शुक्रबार नै सुर्खेत आउनुभएको थियो।

खड्काका अनुसार अहिले नेपाली सेनासँग भएका चारवटा हेलिकप्टोरहरु घाइतेको उद्धारका लागि खटाइएको छ । सेनाको जनशक्ति प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो।

यस्तै सुर्खेतमा रहेको सानो हेलिकप्टरबाट घाइतेहरूलाई उद्धार गर्ने कार्य भइरहेको छ । साथै उहाँले राहतको काम पनि तत्कालै सुरु गर्ने गरी कामहरू अघि बढ्ने बताउनुभयो।