• ६ कात्तिक २०८१, मङ्गलबार

प्रधानमन्त्री प्रचण्डले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक

blog

काठमाडौं, कात्तिक १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएर जनधनको क्षतिपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार भोलि (आइतबार) बिहान ८ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । बैठकमा भूकम्पको क्षतिबारे छलफल हुने छ ।

प्रधानमन्त्री प्रचण्डले शनिबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।