• ९ जेठ २०८१, बुधबार

घाइतेको उद्धार र राहतमा कमी नगरौँ : अध्यक्ष थापा

blog

पत्रकार भेटघाटमा राप्रपा नेपालका अध्यक्ष कमल थापा । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भूकम्पपीडितको उद्धार र उपचारमा कुनै पनि कसर बाँकी नराखेर काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । 

शनिबार राप्रपा नेपाल बाँकेद्वारा नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले सो आग्रह गर्नुभएको हो । राज्यले आफ्नो सम्पूर्ण शक्ति भूकम्पपीडितको उद्धार, उपचार र राहत वितरणमा लगाउनु पर्ने उहाँको आग्रह छ ।  

उहाँले प्रधानमन्त्री तत्काल घटनास्थल पुग्नु सकारात्मक काम भएको जनाउँदै पहिलो कर्तव्य पीडितको उद्धार र उपचार रहेको बताउनुभयो । शनिवार नेपालगन्जमा आयोजना गरिएको विरोध सभाको कार्यक्रमलाई परिमार्जित गरी शोकसभामा परिणत गरिएको जनाउँदै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष थापाले भूकम्पपीडिको उद्धार, उपचार र राहत वितरणमा कुनै प्रकारको लापरबाही हुन नदिन सरकार र सञ्चार माध्यम चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जाजरकोट र रुकुम पश्चिम लगायत सो वरिपरिका जिल्लाका राप्रपा नेपालका नेता कार्यकर्ताहरूलाई उद्धारमा खटिन निर्देशन दिइसकिएको जनाउँदै पार्टीले पनि आफ्नो हैसियतअनुसार पीडितलाई सहयोग गर्ने जानकारी गराउनुभयो ।