• ७ जेठ २०८१, सोमबार

भारतको राजधानी प्रदूषणको चपेटामा

blog

नयाँदिल्ली, कात्तिक १८ गते । भारतको राजधानी प्रदूषणको गम्भीर चपेटामा परेको छ । भारतको राजधानी नयाँ दिल्ली फेरि एकपटक प्रदूषणको चरम सङ्कटमा परेको हो ।

एयर क्वालिटी इन्डेक्सले बिहीबार सहरका केही क्षेत्रहरूमा चार सय अङ्क नाघेको बताएको थियो । जसले गम्भीर वायु प्रदूषणलाई जनाउँछ र महत्त्वपूर्ण स्वास्थ्य जोखिमहरू खडा सिर्जना गरेको छ ।

समस्या समाधान गर्न एक श्रेणिबद्ध प्रतिक्रिया कार्य योजना राखिएको थियो । उपायहरूमा दिल्ली एनसिआर (राष्ट्रिय राजधानी क्षेत्र) मा गैर–आवश्यक निर्माण गतिविधिहरूमा प्रतिबन्ध समावेश छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल