• ८ जेठ २०८१, मङ्गलबार

इजिप्टले पेट्रोलको मूल्य बढायो

blog

काठमाडौं, कात्तिक १८ गते । इजिप्टले डिजेलको मूल्यलाई अपरिवर्तित राख्दै आन्तरिक पेट्रोलको मूल्य बढाएको छ ।

डिजेलको मूल्य प्रतिलिटर ८.२५ पाउण्डमा यथावत् रहेको छ । “डिजेलको मूल्यस्थिर राख्नु भनेको यातायात लागत र वस्तुको मूल्यमा असर पर्ने भएकाले सार्वजनिक हित जोगाउन महत्त्वपूर्ण छ’ मन्त्रालयले भनेको छ ।

यो वर्ष इजिप्टमा इन्धन मूल्य समायोजनको दोस्रो पटक हो । मेको सुरुमा, देशले पेट्रोलको मूल्यलाई अपरिवर्तित राख्दै डिजेलको मूल्य एक पाउण्डले ८.२५ पाउण्ड प्रति लिटरमा बढाएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल