• १७ असार २०८१, सोमबार

भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारबाट सहयोग

blog

फाइल तस्बिर

सुदूरपश्चिम, कात्तिक १८ गते । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० चिकित्सकको टोली तत्काल पठाउने निर्णयसमेत गरेको बैठकपछि प्रदेश सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुः ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना र घाइतेको शीघ्रस्वास्थ्य लाभको कामना व्यक्त गरिएको छ । 

भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, भूकम्पमा परी बेपत्ताको खोज तथा उद्धार, घाइतेको उपचार तथा राहतमा सक्रियताका साथ लाग्न पनि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय, सङ्घसंस्था र नागरिक समाजलाई आग्रह गरेको छ । रासस