‘लिल बुद्ध’बाट परिचित र्यापर साकार अधिकारीको आगामी एल्बम जुनमा रिलिज हुने भएको छ ।
प्रतिनिधि सभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
नेपाल बार एसोसिएसनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ ।
लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री तथा प्रवक्ता सन्तोष पाण्डेले यही शुक्रबारभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
पाल्पाको रानीमहलमा हुने राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् । पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जनाएको छ ।
सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ । सन् २०१३ यता २०२३ को चार महिनामा भएको गोलाबारी सबैभन्दा बढी देखिएको छ ।
भारत र पाकिस्तानको विवादका कारण एसिया कप क्रिकेट प्रतियोगिता अन्योलमा परेको छ ।
राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताउनुभएको छ ।
नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको छ ।
जिल्लाको विभिन्न स्थानमा जनप्रतिनिधि तथा निर्माण व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थको चोरी निकासी भएको छ ।
वर्षायामको सुरु हुनै लाग्दा पुतलीबजार नगरपालिका वडा न. १ र ३ का स्थानीयले अरौदी खोलामा पुल निर्माणको माग गरेका छन् ।