सरकारले कृषि बिमाका लागि ८० प्रतिशत अनुदान दिए पनि किसानको आकर्षण त्यसप्रति बढेको देखिएको छैन । २०७१ देखि सुरु भएको कृषि बिमामा हालसम्म दुई लाख किसान मात्र सहभागी भएका छन् ।
बैङ्कहरूले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने भएको छ ।
स्टार्टअप परियोजनामार्फत कर्जाका लागि झन्डै चार सय सङ्ख्यामा आवेदन परेका छन् । स्टार्टअप कोष कार्यक्रम अन्तर्गत सरकारले उपलब्ध गराउने कर्जाका लागि परेका आवेदन प्रारम्भिक चरणको छनोट प्रतिक्रियामा रहेका छन् ।
साउदीको रियादमा रहेको नेपाली दूतावासले साउदीको दुई ठाउँबाट अनलाइनबाट पुनः श्रम स्वीकृति (नवीकरण) दिन थालेको छ । दूतावासका अनुसार गएको आइतबार २४ गतेदेखि दूतावास रियाद र साउदीकै जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासबाट पुनः श्रम स्वीकृति दिन थालेको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सात करोड १० लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम सङ्कलन भएको हो ।
बुढीगङ्गा गाउँपालिका–१, करैया बस्तीका ८२ घरपरिवारको पिँढीमुनि मानगढ खानेपानी आयोजनाको पाइप छ । प्रदेश राजधानी विराटनगरको वडा नम्बर ३, पुष्पलाल चोकदेखि नजिक रहेको बुढीगङ्गाको करैया बस्तीका बासिन्दा भने घोक्रो सुनाएर पानी मागिरहेका छन् ।
सरकारले विदेशबाट आउँदा थप एउटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले झिटीगुन्टा नियमावली संशोधन गरेर वैदेशिक रोजगारीमा गएका नेपालीलाई मोबाइल ल्याउने बाटो खोल्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक लैजाने प्रकरणमा मुछिनुभएका पार्टी सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको छ । बैठक मङ्गलबार बसेको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाली भाषा
कोशी प्रदेश नामाङ्कनको विषयमा असन्तुष्टि जनाउदै झापाको दमकमा मंगलबार साँझ राँके जुलुस निकाल्ने क्रममा झडप भएको छ। प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा एक दर्जन भन्दा बढी घाइते भएका छन्।
आकाशबाट खिचिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दृश्य ।
काठमाडौं, वैशाख २६ गते । ‘तिम्रो यादमा’ बोलको गजलको भिडियो सार्वजनिक भएको छ। मनोरथ कटेल ‘नन्दु’को शब्द रहेको गजलमा योगेशकाजी शाहको स्वर रहेको छ। गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको सार्वजनिक गजलले वियोगमा एउटा प्रेमी मनले भोगेको विरहलाई केलाएको छ।पवन विकको मिक्सिङ र मास्टरिङ रहेको गजलमा गायक स्वयं नै फिचर्ड हुनुहुन्छ। अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोको छायांकन निर्देशक स्वयमले गर्नुभएको हो भने भिडियोको सम्पादन निर्देशन शाहले गर्नुभएको हो ।गीतकार ‘नन्दु’का यसअघि आमा र कहाँ पुगे साथीभाइ बोलका दुई वटा गीत बजारमा आइसकेका छन्।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवाको निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी गराएको छ ।