प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको छ।
नेकपा (एमाले) सचिवालयको बैठकले वैशाख २८ गतेदेखि बस्न लागेको केन्द्रीय कमिटी बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ।
नेपाली सेनाको अगुवाईमा “सफा हिमाल अभियान-२०२३” अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाई कार्य जारी राखेको छ ।
ताप्लेजुङमा गोलिया निकासी कार्यले सडक दुर्घटनाको जोखिम बढेको छ । ग्रामीण क्षेत्रका सडकहरुमा अव्यवस्थित रुपमा गोलिया काठ राखेका कारण सडक दुर्घटनाको जोखिम बढेको हो ।
प्युठानको सरुमारानी गाउँपालिका ६ मोतिपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक थान मोबाइल ल्याउन पाउने निर्णय गरेको छ ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि हालसम्म सो सङ्ख्यामा उद्धार भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको सम्मानमा बधाइ तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एआइपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।
ज्बेकका राष्ट्रपति शाभकत मिर्जियोयेभले देशले आर्थिक सुधारलाई निरन्तरता दिने र आगामी वर्षमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हालको ८० अर्ब अमेरिकी डलरबाट दोब्बर गरी १६० अर्ब डलरमा पुर्याउने लक्ष्य राखेको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको छ ।
उपाधि दावेदार थ्रीस्टार क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) क्लबसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।
सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकलाई एक पटकका लागि वैधता दिने तयारी थालेको छ ।
झापा कनकाई नगरपालिका ३ सुरुङ्गाको एक होटलको कोठामा एक २४ वर्षीया युवती झुण्डिएर मृत अवस्थामा फेला परेकी छिन् ।
सरकारले दादुराका लक्षण देखिएमा हेलचेक्राइँ नगर्न आग्रह गरेको छ।