राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरूलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गर्नुभयो । सदस्य गुरुङले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको उल्लेख गर्नुभयो । उहाँले क्यान्टनमेण्टको काण्डलाई न्यायसङ्गत रूपमा छानबिन गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय सभाका सांसद अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढङ्गले छानबिन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधिसभा सांसद डा. आरजु राणा देउवाले भुटानी शरणार्थी सम्बन्धको अडियोबारे सत्य, तथ्य बाहिर आउने बताउनु भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको हो ।
जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ इनरुवाले आफ्नो अनुगमनलाई निरन्तर जारी राखेको छ ।
प्रतिनिधि सभा बैठक
तनहुँको भानु नगरपालिकामा अस्पताल निर्माण गर्न जग्गा दान दिने परिवारले नै उपचार नपाएर टाढा धाउनु पर्ने बाध्यता भएको छ ।
तनहुँको व्यास नगरपालिका –५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ ।
राष्ट्रिय सभा बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवम् निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को :गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
साहित्यकार सुशीला भुसालको दुई उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’को लोकार्पण गरिएको छ । तरेली साहित्यिक प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यव्रmममा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, डा. बिन्दु शर्मालगायतले सो कृतिको लोकार्पण गर्नुभएको हो ।
राष्ट्रका लागि सङ्गीत अभियात्राको पहिलो चरणको अन्तिम प्रस्तुति सोमबार काठमाडौंँमा सम्पन्न भएको छ । चैत ४ गतेदेखि देशका विभिन्न सहरमा प्रस्तुत हुँदै आएको जनसाङ्गीतिकको अन्तिम प्रस्तुति काठमाडौँमा सम्पन्न भएको हो ।