• १२ वैशाख २०८१, बुधबार

भुसालका दुई कृति सार्वजनिक

blog

काठमाडौँ (गोरखापत्र), वैशाख २६ गते । साहित्यकार सुशीला भुसालको दुई उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’को लोकार्पण गरिएको छ ।  तरेली साहित्यिक प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, डा. बिन्दु शर्मालगायतले सो कृतिको लोकार्पण गर्नुभएको हो । 

 कृतिको लोकार्पण गर्दै उपमहासचिव ज्ञवालीले कठघरा उपन्यासले तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको प्रभाव र असरबारे साहित्यिक ढङ्गमा व्याख्या गरिएको बताउनुभयो ।

उहाँले विद्यार्थी जीवनदेखिकै परिचित भुसालको फरक आयामबारे पनि बुझ्ने अवसर यस कृतिमार्फत मिलेको उल्लेख गर्नुभयो ।उहाँले माओवादी द्वन्द्वपछि लेखिएका केही साहित्यले द्वन्द्वको समय र प्रभावलाई युद्ध सौन्दर्यका रूपमा व्याख्या गर्दै द्वन्द्व ठिक थियो भन्ने मर्मको कृति आएको स्मरण गर्दै भन्नुभयो, “कठघराले द्वन्द्वलाई सरल शैलीमा व्याख्या गरेको छ ।”

कठघरामा तीन पात्रबीचको कथालाई सरल, सरस भावमा प्रस्तुत गरिएको छ भने येलो सुइटले समसामयिक विषयलाई समेटेको छ । कार्यव्रmममा एमाले नेता खिमलाल भट्टराईले भुसालले साहित्यमा निक्कै सरल भाषा लेख्ने शैलीले पढ्दा पाठकको ध्यानाकर्षण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।