• ८ असार २०८२, आइतबार

काठमाडौँमा सिजाङ सांस्कृतिक उत्सव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ८ गते । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल–चीन सम्बन्ध केवल कूटनीतिक सीमामा मात्र सीमित नरहेको बताउँदै यो सम्बन्ध साझा इतिहास, संस्कृति, धर्म, सभ्यता र जनजीवनमा आधारित रहेको उल्लेख गर्नुभयो । 

शनिबारबाट सुरु भएको ‘चीनको तिब्बत (सिजाङ) सम्बन्ध सांस्कृतिक उत्सव’ मा बोल्दै  उपाध्यक्ष घिमिरेले “प्राचीनकालदेखि नै तिब्बत एक विशेष सांस्कृतिक पहिचान, धार्मिक परम्परा र स्वायत्त सामाजिक संरचनाको केन्द्र रहँदै आएको बताउनुभयो । हिमाल यी दुई राष्ट्रका लागि प्राकृतिक रूपले जोड्ने माध्यम बनेका छन्,” उहाँले भन्नुभयो । “सन् २०२५  नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव हो । यो ऐतिहासिक अवसरमा दुवै देशका सरकार र जनताबिचको सम्बन्धलाई अझ मजबुत र समृद्ध बनाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्,” उहाँले भन्नुभयो, “म विश्वस्त छु कि यस्ता प्रयासले हाम्रो सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्‍याउने छ ।”

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र हाल नेपाल भ्रमणमा रहनुभएका चिनियाँ सिजाङ प्रतिनिधि मण्डलका प्रमुख तथा चीनको सिजाङ अन्तर्राष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लुओ जुनले कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । सो अवसरमा  चिनियाँ राजदूत चेन सोङले ‘सिजाङ (तिब्बत) संस्कृति चिनियाँ सभ्यताको विविध तर एकीकृत संरचनाको अभिन्न अङ्ग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्सव आयोजना गर्नुको मुख्य उद्देश्य भनेको सांस्कृतिक प्रस्तुति, गोष्ठी, फोटो प्रदर्शनी र अन्य कार्यक्रमबाट अतिथिले ऐतिहासिक गौरव बढाउनु हो ।” राजदूत चेनका अनुसार यसले आर्थिक, व्यापारिक र सांस्कृतिक आदानप्रदानले पूर्ण रूपमा प्रमाणित गर्छ  । चीन र नेपालबिचको सम्बन्ध आपसी सम्पर्क विस्तार गर्नु दुवै देशको विकास आवश्यकतासँग मेल खान्छ । चीन र नेपालबिचको सम्बन्ध अझ प्रगाढ बनाउँछ । कार्यक्रममा लुओ गत ७० वर्षको अवधिमा उच्च हिमाल र लामो नदीनालाको बिचमा पनि गहिरिँदो मित्रताको कथा लेखिएको बताउनुभयो । उहाँले थप्नुभयो, “चाहे त्यो सगरमाथाको शिखरमा होस् वा बागमती नदीको किनारमा । उक्त सांस्कृतिक उत्सव चार दिनसम्म चल्ने छ ।”