बुटवल समाचारदाता
बुटवल, असार ८ गते । जिल्लास्तरीय कविता लेखन तथा वाचन प्रतियोगितामा रुपन्देहीको देवदह इङ्ग्लिस बोर्डिङ स्कुलकी दिया न्यौपाने प्रथम हुनुभएको छ । नेसनल प्याब्सन रुपन्देहीको आयोजनामा शनिबार भएको प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कुलकी स्मृति भट्टराई दोस्रो हुनुभएको छ भने तृतीय ग्लोरी बोर्डिङ स्कुलकी सिद्धिकेशरी तथा सान्त्वना बुटवल ग्लोरी स्कुलका गुराँस गहतराज हुनुभएको थियो । प्रतियोगिताले विद्यार्थीमा लुकेको साहित्य लेखन तथा कला प्रतिभालाई बाहिर ल्याउन र उनीहरूको आत्मविश्वास बढाउन मद्दत पुगेको आयोजक नेसनल प्याब्सनले जनाएको छ । त्यस्तै चित्रकला प्रतियोगितामा ब्राइट स्टार बोर्डिङ स्कुलका करन मौर्य प्रथम हुनुभएको छ भने ग्लोरी बोर्डिङ स्कुलकी प्राप्ति श्रेष्ठ दोस्रो हुनुभएको छ । नमुना एभरग्रिन स्कुलकी स्मारिका नामजाली तृतीय हुनुभएको थियो ।