अढाई दशकदेखि चरा संरक्षणमा क्रियाशील कैलालीका हिरुलाल डङ्गौरा राष्ट्रिय प्रतिभा सम्मानका लागि छनोट हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई आर्थिक वर्ष २०७९/८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वातावरण संरक्षण क्षेत्रबाट छनोट गरेको हो । भजनी नगरपालिका –६ निवासी डङ्गौरा बाल्यकालदेखि वन, वातावरण, वन्यजन्तु तथा चरा संरक्षणमा क्रियाशील हुनुहुन्छ ।
संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । छ ।
सलहेश फुटबल क्लब धनकुटाको राजारानीमा जारी १०औँ गोर्खा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तानसेन नगरपालिका वडा ११ को नवनिर्वित भवन उद्घाटन गरिएको छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले सो भवनको उदघाटन गर्नुभएको हो । प्रमुख श्रेष्ठले वडा कार्यालयलाई पूर्वाधार र प्रविधिमैत्री बनाउँदै स्थानीयलाई सहजरुपमा सेवा प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा झुर्नुको जिम्मेवारी गठबन्धन सरकारले लिनुपर्ने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।
सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु भएको छ ।
जग्गा बिक्री गरेको नक्कली कागजात बनाई ठगी गरेको आरोपमा दुई लेखनदास पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिका –११ नम्बर वडाको थुनिया बस्ने रामनिवास कुर्मी चौधरी र रामप्रताप यादवलाई पक्राउ गरेको हो ।
उपाधि दावेदार मनाङ मस्र्याङ्दी क्लब र विभागीय टैली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मनाङ र पुलिसले २-२ गोलको बराबरी खेलेका हुन् ।
नेपाली सेना श्री भिमदल गणद्वारा क्युआइसी अन्तर्गत निर्मित श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको मुल प्रवेशद्वारको उदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धनकुटास्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा पूर्वी पृतना हेडक्वाटर तथा श्री नम्वर २ बाहिनी अड्डाको विशेष पहल र नेपाली सेनाको शिघ्र प्रभावी योजना अन्तर्गत त्यसको निर्माण सम्पन्न गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शिक्षाको गुणस्तर सुधार गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन आज (सोमबार) चीन प्रस्थान गर्नुभएको छ ।
लियोनल मेस्सीविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले ट्रोयसलाई ३–१ गोलले हरायो ।
दाङको लमही नगरपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ । चालु आर्थिक वर्षमा लमही नगरपालिकामा चार जना प्रमुख प्रशासकीय अधिकृत आउने र जाने भइरहेको छ ।
सरकारले वातावरण संरक्षणका लागि धूम्रपान त्याग्न आग्रह गरेको छ ।