• २४ पुस २०८१, बुधबार

मेस्सी निलम्बित खेलमा पीएसजी विजयी

blog

गोल गरेपछि खुसी मनाउँदै पीएसजीका केलियन एमबाप्पे । तस्बिर : एएफपी

काठमाडौं, वैशाख २५ गते । लियोनल मेस्सीविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले ट्रोयसलाई ३–१ गोलले हरायो ।

क्लबलाई जानकारी नगराई साउदी अरबको भ्रमण गरेपछि मेस्सी दुई साता निलम्बनमा पर्नु भएको छ । मेस्सीविनै पीएसजीको जितमा केलियन एमबाप्पे, भिटिन्हा र फावियन रुइजले गोल गर्नुभयो । 

ट्रोयसका जावियर चवेलरिनले सान्त्वना गोल फर्काउनुभयो । एमबाप्लेले आठौँ मिनेटमा गोल गर्दै पीएसजीको उत्साह जगाउनुभयो । भिटिन्हाले ५९औँ र फावियनले ८६औँ मिनेटमा गोल गर्नुभयो । यसअघि ट्रोयसका जावियरले ८३औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै पीएसजीले शीर्षस्थानमा ६ अङ्कको अग्रता लिएको छ ।

कीर्तिमानी ११औँ पटक लिई वानको उपाधि उचाल्ने अभियानमा रहेको पीएसजीले २५ खेलबाट ७८ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको लेन्सको ७२ अङ्क छ । पराजित ट्रोयस २२ अङ्कसहित तालिकाको १९औँ स्थानमा छ । एजेन्सी