काठमाडौँ, असार १५ गते । गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ ।
पोखरा रङ्गशालास्थित ह्याण्डबल कोर्टमा भएको फाइनलमा एपिएफले अर्को विभागीय प्रतिस्पधी त्रिभुवन आर्मी क्लबलाई ३१–१७ ले हरायो । उपाधिसँगै एपिएफले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता आर्मीले ५० हजार रुपियाँ प्राप्त गरेको छ ।
यस्तै कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै तेस्रो भयो । तेस्रो बनेको कोशीले ३० हजार र सान्त्वना भएको गण्डकीले २० हजार रुपियाँमा चित्त बुझायो ।
आर्मीकी दुर्गा बोहोरा सर्वोत्कृष्ट खेलाडीबन्नुभयो । यस्तै एपिएफकी सङ्गीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका सुशील अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।