• १२ मंसिर २०८१, बुधबार

स्वास्थ्य र वातावरण स्वच्छ राख्न धुम्पान त्यागौँ : मन्त्रालय

blog

काठमाडौं, वैशाख २५ गते । सरकारले वातावरण संरक्षणका लागि धूम्रपान त्याग्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै आफ्नो स्वास्थ्य र वातावरण स्वच्छ राख्न धूम्रपान त्याग्न आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार सुर्तीजन्य पदार्थ सेवनका कारण निस्कने हरित गृह ग्यासले वायु प्रदूषण गराउँछ ।

“वातावरण संरक्षणका लागि धूम्रपान त्यागौँ सुर्तीजन्य पदार्थ सेवनका कारण निस्कने हरित गृह ग्यासले वायु प्रदूषण गराउँछ । त्यसैले, आफ्नो स्वास्थ्य र वातावरण स्वच्छ राख्न धूम्रपान त्यागौँ,” सूचनामा उल्लेख छ ।