जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अचम्म लाग्छ उसको कुरा सुन्दा । मभन्दा सातै वर्ष कान्छी त हो मेरी बहिनी । तर त्यही सात वर्षले उसमा कत्ति साहस र आत्मविश्वास भरिदिएको छ । ऊ आफ्नो जीवनको हरेक निर्णय आफैँ गर्दछे । तर मैले मेरो जीवनको महìवपूर्ण निर्णय पनि गर्न नसकेर दिदी मरेको ४८ दिनमै मभन्दा १७ वर्ष जेठो दुई छोराको बाबु भइसकेका भिनाजुको कान्छी श्रीमती भएर भित्रिनु प¥यो ।
असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा पदक जित्न सफल विभागीय टोली एपीएफ क्लबका खेलाडी सम्मानित भएका छन् ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखराको स्थित भीमपोखरा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा प्रसूति सेवा प्रभावित भएको छ ।
ग्यास सिलिन्डर विस्फोट भएर गम्भीर घाइते हुनुभएका सांसद चन्द्रप्रसाद भण्डारीलाई थप उपचारका लागि देश बाहिर लैजान अस्पतालले सिफारिस गरेको छ ।
निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिङ सडक खण्डमा पुनः १५ दिन दैनिक चार घण्टा यातायात बन्द गरी काम गर्ने निर्णय गरिएको छ ।
दाङको धार्मिक एवं ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) चौघेरामा पिरफिरे मेला यस वर्ष पनि लाग्ने भएको छ । हरेक वर्ष फाल्गुण कृष्णपक्षको एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पिर) फेर्ने दिनको अवसरमा मेला लाग्ने गर्छ । पिरफिरे मेलाका अवसरमा मण्डप तथा स्वागतद्वार निर्माण, मन्दिरमा रङरोगन र सरसफाइलगायतका काम भइरहेका छन् ।
सरकारले प्राथमिकतामा राखेको त्रिदेशीय मार्ग नौ वर्षदेखि अलपत्र परेको छ । भारत–नेपाल–चीन जोड्ने त्रिदेशीय सडक मार्गअन्तर्गतको बाग्दुला–भीमगिठे सडक निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । सरकारले नौ वर्षअघि प्राथमिकता दिएर प्रक्रिया अघि बढाए पनि अहिलेसम्म निर्माण कार्य सुरु हुन सकेको छैन । निर्माण प्रक्रियाको लागि टेन्डर भए पनि निर्माण कम्पनी कालोसूचीमा परेकाले काम अघि नबढेको हो । सडकको लागत दुई अर्ब ३५ करोड अनुमान गरिएको छ । ४४ किलोमिटर सडकलाई नौ मिटर फराकिलो बनाउने योजना छ । यस सडकले प्युठान नगरपालिका, झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका क्षेत्रलाई समेटेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य शत्रु गरिबी भएकाले यसको न्यूनीकरणका लागि सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ। मुख्यमन्त्री शर्माले कर्णालीका विकट भू–भागलाई सडक पहुँच मार्गले जोडेर रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो। उहाँले नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमद्वारा बुधबार मुसीकोटमा आयोजित पत्रकार सम्मेलनमा कर्णालीलाई बेरोजगारमुक्त प्रदेश बताउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ को मासपुर गाउँमा स्थानीयको हातमा पच्चीस वर्षदेखि लालपुर्जा पर्न सकेको छैन । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका स्थानीयको हातमा लालपुर्जा नपरेको पाइएको हो ।
रारातालमा हरेक वर्ष आउने साइबेरियन चरा पछिल्लो समय घट्दै गएको छ। जलवायु परिवर्तनका कारणले रारातालमा साइबेरियन चरा आउन छाडेको जानकारहरू बताउँछन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालय रारा हुटुका अनुसार पानीमा खेल्ने ४९ प्रजातिका साइबेरियन अन्डिया जातका चरा हिउँदको समयमा बसाइँसराइ गर्थे।
सुदूरपश्चिम प्रदेशको बाजुरा र कर्णाली प्रदेशको मुगु जिल्ला लामो समयपछि सञ्जालमा जोडिने भएको छ। कर्णाली नदीको झोगलामा बेलिब्रिज पुल निर्माण भएपछि यी दुई जिल्ला सडक सञ्जालमा जोडिने भएको हो। खप्तड रारा पर्यटन कोरिडोर सडकअन्तर्गत बाजुराको हिमाली गाउँपालिका बोल्डी र मुगुको खत्याड गाउँपालिकाको सुकाढिक कर्णाली नदीको झोगलामा बेलिब्रिज पुल निर्माण गरिएको छ । गत वर्ष २०७८ साल चैतमा बेलिब्रिजको काम सुरु भएर केही दिनमै निर्माण पूरा हुँदैछ। बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका जिल्लाकै दुर्गम गाउँपालिकाका रूपमा चिनिँदै आएका छन्।
नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । आज (बिहीबार) बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।