सुदूरपश्चिम प्रदेशको बाजुरा र कर्णाली प्रदेशको मुगु जिल्ला लामो समयपछि सञ्जालमा जोडिने भएको छ। कर्णाली नदीको झोगलामा बेलिब्रिज पुल निर्माण भएपछि यी दुई जिल्ला सडक सञ्जालमा जोडिने भएको हो। खप्तड रारा पर्यटन कोरिडोर सडकअन्तर्गत बाजुराको हिमाली गाउँपालिका बोल्डी र मुगुको खत्याड गाउँपालिकाको सुकाढिक कर्णाली नदीको झोगलामा बेलिब्रिज पुल निर्माण गरिएको छ । गत वर्ष २०७८ साल चैतमा बेलिब्रिजको काम सुरु भएर केही दिनमै निर्माण पूरा हुँदैछ। बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका जिल्लाकै दुर्गम गाउँपालिकाका रूपमा चिनिँदै आएका छन्।
नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । आज (बिहीबार) बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
धनगढी उपमहानगरपालिका–३ स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा चमेराको ठूलो झुन्ड आठ वर्षदेखि बस्दै आएको छ। कार्यालय परिसरमा रहेको ल्याप्टिस, आँपलगायतका पाँच/छवटा रुखमा दिनभरि झुन्डिएर चमेरा बस्दै आएका छन्।
ग्याँस सिलिन्डर विस्फोट भई घाइते हुनुभएका गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि दिल्ली लगिने भएको छ । एयर कार्गोबाट उहाँलाई तत्काल दिल्ली लाने प्रक्रिया सुरु गरिएको डा. भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिनुभयो ।
बैतडीको सुर्नया गाउँपालिका–६, धुलीधारमा पहिलो पटक बिजुली बलेपछि स्थानीयले जनप्रतिनिधि र विद्युत् प्राधिकरणका कर्मचारीलाई अबिरमाला लगाएर गाउँमा स्वागत गरिएको छ। गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेपछि टुकी बाल्ने दिनको अन्त्य भएको स्थानीय देवदत्त अवस्थीले बताउनुभयो। बिजुली बलेपछि गाउँमा खुसियाली छाएको उहाँले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय तनहुँको तीनवटा सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाहमा सहजता भएको छ। पुरानो र जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएकोमा अब सुविधासम्पन्न नयाँ भवनबाट प्रहरीको कामकारबाही सञ्चालन हुने जनाइएको छ।
स्थानीय ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष सञ्चालन गरिएको छ। सङ्घीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको उपचारका लागि बहिरङ्ग कक्ष तथा वार्ड सञ्चालनमा ल्याएको हो।
१० दिनअगाडि मुस्ताङको थासाङ गाउँपालिका–३, लेते कालोपानीमा आगो लागेपछि नियन्त्रण लिन हम्मेहम्मे प-यो। आगो निभाउने दमकल जान सक्ने मार्ग नहुँदा आगो नियन्त्रण लिन समस्या भएको भनाइ अग्नि नियन्त्रकहरूको छ।
मधेश प्रदेश सभाको बुधबार पहिलो अधिवेशनको छैटौँ बैठकले विभिन्न विषयगत संसदीय समिति गठन गरेको छ। दलीय सहमतिको आधारमा समिति गठन गरिएको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सभालाई जानकारी गराउनुभयो। प्रदेश सभाको बैठकमा पेस हुने विषयको प्राथमिकता समयावधिको निर्धारणलगायत बैठक सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठह-याइएको अन्य विषयमा परामर्शका लागि कार्य व्यवस्थापन परामर्श समिति गठन गरिएको छ।
धनुषाको बटेश्वर गाउँपालिका–४, पुजारी टोलमा बसोबास गर्ने विपन्नको घरमा निःशुल्क विद्युत् मिटर जडान गरिएको छ। एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा बटेश्वरमा सञ्चालित नवदुर्गा महिला कृषि सहकारी संस्था लिमिटेडले पुजारी टोलका विपन्नको घरमा निःशुल्क विद्युत् मिटर जडान गरेको हो।
मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु भएको छ। प्रत्येक वर्ष फागुन शुक्लपक्ष प्रतिपदाका दिन जनकपुरधामबाट सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु गरिएको हो। धनुषाको मिथिला विहारी नगरपालिका–८, कचुरीस्थित ऐतिहासिक महत्त्वको मिथिला विहारी मन्दिरबाट औँसी तिथिका दिन फागुन ८ गते डोला उठ्ने मिथिला विहारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अजय झाले बताउनुभयो। मिथिला विहारी मन्दिर पाँच सय वर्ष पुरानो रहेको जनविश्वास छ। यस मन्दिरबाट भगवान् रामको डोला उठ्ने परम्परा निकै पुरानो छ।
झापाको शिवसताक्षी नगरपालिका–१० को दोमुखा क्षेत्रसम्म जाने बाटो कालोपत्रे हुने भएको छ। यो पूर्वकै चर्चित पर्यटकीय स्थल हो। पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ जाने दुई हजार नौ सय मिटरको उक्त सडकको कालोपत्रे शिलान्यास गरिएको छ।
कुनै पनि मुलुकको अर्थतन्त्र स्वनिर्भर नभई विकास तथा समृद्धिले अपेक्षित गति लिन सक्दैन । नेपाली अर्थतन्त्रका सम्बन्धमा चर्चा गर्ने हो भने अहिले हामी अधिकांश क्षेत्रमा लगभग परनिर्भर छाैँ । नेपालीका दैनिक जीवनयापनका हरेकजसो उपभोग्य सामग्री विदेशबाट नै आयात हुने गर्छन् । अझ विशेष गरेर हाम्रा भान्छाका हरेकजसो कृषिजन्य चीजवस्तु नेपालबाहिरकै हुने गरेका छन् । देशभित्रको तरकारी सडकमा फालिएको छ । किसानका न्यूनतम लागतसमेत प्राप्त हुन सक्ने अवस्था नआएपछि चितवनका किसानले केही दिनअघि सडकमा तरकारी छरेर विरोध प्रदर्शन गरेका थिए । एक प्रकारले भन्नुपर्दा यो विडम्बना नै हो र राष्ट्रिय स्वनिर्भर अर्थतन्त्रका दृष्टिकोणबाट प्रत्युत्पादकसमेत मान्नुपर्ने हुन्छ ।
संविधान सभाबाट संविधान घोषणा भएको सात वर्ष पूरा भएर दुई पटक सबै तहमा आवधिक निर्वाचन सम्पन्न भई राजनीतिले आफ्नो गति लिइरहेको छ । तथापि नेपालको सङ्घीय कर्मचारी संयन्त्र भने २०४९ सालमा जारी भएकै कानुनद्वारा परिचालित र व्यवस्थित भइरहेको छ । संविधानको धारा २८५ मा सरकारी सेवाको गठन गर्ने व्यवस्था रहेको छ । सबै सरकारी सेवा तथा सार्वजनिक सेवाको लागि मार्गदर्शक मानिने सङ्घीय निजामती ऐन बद
नेपालजस्तो कृषिप्रधान देशमा कृषि सहकारीको ठूलो महìव छ । खासगरी सरकारले खुला बजार अर्थ नीति अवलम्बन गरेसँगै निजी क्षेत्रले व्यापक प्रभुत्व कायम गर्दै अगाडि बढ्न थाल्यो । निजी क्षेत्रले समेट्न नसकेका ग्रामीण एवं विकट क्षेत्र, राज्य संयन्त्रले परिचालन गरेको स्रोतले समावेशिता हासिल गर्न नसकेका कतिपय क्षेत्रमा सहकारीको महìव अझै बढेर गएको छ । यसर्थ अन्तर्राष्ट्रिय अभ्यासअनुसार सहकारीका माध्यमबाट उत्पादन प्रक्रिया, वस्तु उत्पादन, उत्पादित वस्तुको वितरण र सेवाको वितरणका लागि सहकारीको आवश्यकता महसुस गरिएको हो ।