• १८ असार २०८१, मङ्गलबार

नक्कली कागजात बनाइ ठगी गर्ने दुई पक्राउ

blog

किर्ते हस्ताक्षर गरेको आरोपमा पक्राउ परेका व्यक्ति । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, वैशाख २५ गते । जग्गा बिक्री गरेको नक्कली कागजात बनाई ठगी गरेको आरोपमा दुई लेखनदास पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिका –११ नम्बर वडाको थुनिया बस्ने रामनिवास कुर्मी चौधरी र रामप्रताप यादवलाई पक्राउ गरेको हो । 

चौधरी कानुन तथा लेखापढी व्यवसायी समिति चन्द्रौटाका अध्यक्ष हुन । मालपोत कार्यालय चन्द्रौटामा साबिक वीरपुर गाविस –९ मा रहेको मुकेश यादवको नाममा रहेको जग्गाको नक्कली राजिनामा बनाएपछि उनीहरु पक्राउ परेका हुन । जग्गाधनी यादवलाई जानकारीविना कृष्णनगर बस्ने रेखा लोहारलाई चार लाख रुपियाँमा जग्गा कारोबार भएको थियो । 

मालपोत कार्यालय जग्गाको मोठ भिडाएको नाटकगरी नक्कली राजिनामा तयार गरेका थिए । राजिनामा देखाउँदै जग्गा पास भएको र दुई दिनमा जग्गाधनीपूर्जा उपलब्ध गराउने बताएका थिए । चार दिन बित्दासम्म पूर्जा नपाएपछि लोहारले प्रहरीमा उजुरी दिनुभएको थियो । उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिन घलेले बताउनुभयो ।