• १६ वैशाख २०८१, आइतबार

एनआरटीसँग बराबरीमा रोकियो थ्रीस्टार

blog

लिगमा प्रतिस्पर्धा गर्दै थ्रीस्टार र एनआरटीका खेलाडी । तस्बिरहरु : केशव गुरुङ

काठमाडौं, वैशाख २६ गते । उपाधि दावेदार थ्रीस्टार क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) क्लबसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै थ्रीस्टारले १६ खेलबाट २५ अङक बनाएको छ । एनआरटीले समान खेलबाट १८ अङ्क बनाएको छ । 

यसैगरी च्यासल मैदानमा भएको अर्को खेलमा संकटा क्लबले सातदोवाटो युथ क्लबलाई २–० गोलले हराएको छ । जितसँगै संकटाले १६ खेलबाट २० अङ्क बनाएको छ । पराजित सातदोवाटोको २३ अंक छ । संकटाको जितमा दुवै गोल युसेफ एट्रिसले गर्नुभयो । उहाँले १४औं र ३६औं मिनेटमा गोल गर्नुभएको हो ।