रानी समाचारदाता
विराटनगर, असार १६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धान दिवसका अवसरमा आयोजित कार्यव्रmममा धान रोप्नुभएको छ । विराटनगरमा आयोजित कार्यव्रmममा उहाँले ‘किसान पहिलो’ भन्ने अभियानको सन्देशसहित धान रोप्नुभएको हो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ । उहाँले धान दिवस नेपालीको मौलिक परम्परासँग गाँसिएको महìवपूर्ण दिन भएको उल्लेख गर्नुभयो ।
जलवायु परिवर्तनका असर कृषिमा देखिन थालेको भन्दै उहाँले अबको खेती प्रणाली वातावरण अनुकूल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सन्देशमा भन्नुभएको छ, “प्रविधिको विकाससँगै कृषिलाई पनि आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ सरकारको राष्ट्रिय आकाङ्क्षा नै हो । यो लक्ष्य पूरा गर्न कृषिले पनि साथ दिएको छ । उन्नत बिउबिजनको प्रयोग गरी उत्पादकत्व वृद्धि गर्नु आजको आवश्यकता हो ।”
यसैबिच २२ औँ राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सामूहिक धान रोपाइँ कार्यव्रmम आयोजना गरेको छ । महानगरको कृषि तथा पशुपन्छी विकास शाखाले वडा नं. १६ स्थित दरैयामा आयोजना गरेको कार्यव्रmममा उपप्रमुख शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यमा रोपाइँ कार्यव्रmम गरिएको हो ।
कार्यव्रmममा उपप्रमुख कार्कीले धानको खपत दिनानुदिन बढ्दै गएको भन्दै आयातमा निर्भरता घटाउन आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । महानगरले हरेक वर्ष असार १५ का दिन सामूहिक धान रोपाइँ आयोजना गर्दै आएको छ । कार्यव्रmममा स्थानीय दरैहिया कृषि सहकारी संस्थाको सहकार्य रहेको थियो ।
त्यस्तै गणेश पुस्तकालय तथा वाचनालय तीन टोलिया विराटनगरको अग्रसरतामा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । वाचनालयका अध्यक्ष ईश्वरीप्रसाद उपाध्याय नेपाल, विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी, जीवन विज्ञान केन्द्रका गुरुहरू रिता बराल कार्की, राधा कोइराला, हेम कार्की, पतञ्जलि योग समितिका गुरुहरू यमुना पोख्रेल, चोलाराज पोख्रेललगायत सर्वसाधारणको सहभागितामा रोपाइँ गरिएको थियो । वर्षमा कम्तीमा एक पटक भए पनि हिलो माटोसँग सामीप्यता गर्दै स्वास्थ्य र समृद्धिको सम्बन्धसँग नजिकको भूमिका राख्दछ भनेर वाचनालयले रोपाइँको कार्यव्रmम आयोजना गरेको संस्थाका सचिव राजुचन्द्र दाहालले जानकारी दिनुभयो ।
ताप्लेजुङमा अठार प्रतिशत रोपाइँ
ताप्लेजुङ समाचारदाताका अनुसार ताप्लेजुङमा हालसम्म करिब १८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार असार दोस्रो सातासम्ममा कुल १७.८५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
हिमाली जिल्ला भएकाले ताप्लेजुङमा जेठ दोस्रो सातायतादेखि रोपाइँ सुरु गर्ने गरिन्छ । जेठदेखि नै रोपाइँ सुरु हुने भए पनि गत वर्षको तुलनामा असार दोस्रो सातासम्ममा यहाँ करिब १२ प्रतिशत कम रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष असार दोस्रो सातासम्ममा २९.४ प्रतिशत धान रोपाइँ भएको थियो ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शशिकुमार सिंहले यस वर्ष असार दोस्रो सातासम्ममा १७.८५ रोपाइँ सकिएको बताउनुभयो । सिंहका अनुसार कुल खेतीयोग्य जमिनमध्ये एक हजार ११.४३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । हालसम्म जिल्लाको उच्च अर्थात् लेक क्षेत्रमा धान रोपाइँ भएको छ । लेकाली भेगमा असार पहिलो सातासम्ममा रोपाइँ सकिनुपर्ने भए पनि समयमा वर्षा नभएकाले अहिलेसम्म पनि रोपाइँ नसकिएको किसानको भनाइ छ ।
हिजोआज जिल्लाको मध्य तथा तल्लो भेगमा रोपाइँ भइरहेको छ । अन्य क्षेत्रमा साउनभर रोपाइँ गर्ने गरिएको छ । जिल्लामा बेलगुटी, भँगेरे, अट्टे जस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरेको स्थानीय किसान बताउँछन् । यता सुक्खा–१, खुमल–४ जस्ता केही उन्नत जातका धान किसानले लगाउने गरेका छन् । ताप्लेजुङमा पाँच हजार ६६६.३२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यस्तै फुङलिङ नगरपालिका–८, दोखुको बहानन्दे टोलमा सामूहिक रोपाइँ गरिएको छ । ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ सामूहिक रोपाइँ गरिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङकी निमित्त प्रमुख विमला पोख्रेलले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रको सहयोगमा राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल ताप्लेजुङको आयोजनामा धान दिवसमा सामूहिक रोपाइँ गरिएको हो ।
सांस्कृतिक कार्यव्रmमसहित मनाइयो दिवस
पाख्रीबास समाचारदाताका अनुसार विविध सांस्कृतिक कार्यव्रmमको आयोजना गरी धनकुटामा राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि पर्यटन प्रवर्धनमा महिला अभियान धनकुटा र धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको संयुक्त आयोजनामा २२ औँ राष्ट्रिय धान दिवस मनाइएको हो ।
धनकुटा नगरपालिका–६, स्थित पात्लेखोलामा शुभकामना आदानप्रदान गर्दै दहीचिउरा खाएर रोपाइँ गरिएको थियो । यस्तै निसान जागरुक महिला नौमती बाजा सांस्कृतिक समूहले बेठी लगाई नौमती पन्चैबाजासहित नाचगान गरी रमाइलो गरेका थिए । सोही अवसरमा धनकुटामा रहेको निजामती आवासीय माविका विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउन रोपाइँमा सहभागिता गराइएको थियो ।