लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पर्यटकीय क्षेत्रको विकास र बिस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बार्षिक बजेट र नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता पाउने मुख्यमन्त्री चौधरीको भनाइ छ ।
प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नभएको प्रष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई पत्राचार नगरेको स्पष्ट पारेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धमा आएका झुटा समाचारको भ्रममा नपर्न अनुरोध गरेको छ।
११औं कान्तिपुर हाफ म्याराथन जेठ ६ गते हुने भएको छ । म्याराथनको यसपालि मुख्य नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कान्तिपुर पब्लिकेशन्सका सीईओ महेश स्वाँरले जानकारी दिनुभयो ।
संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि आधारशिविरमा रोकिएका आरोहीहरु मौसममा सुधार आएसँगै चुचुरोतर्फ लागेका छन् ।
गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममै रहेको अवस्थामा नेपाली कांग्रेस कास्कीले गठबन्धनमा रहेका तीनवटै पार्टीका मन्त्री एवं सांसदहरुलाई एकै ठाउँमा भेला गरेको छ ।
चन्द्रपुर नगरपालिकाले आवश्यक प्रकृया पूरा नगरी सरकारी जमिन हड्पेर विद्युतीय सवारी चार्जिङ् सेन्टर निर्माणको जिम्मा लगाएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताउनुभएको छ।
सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी, टोयोटाले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले अपेक्षालाई उछिनेको बताएको छ ।
आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भुपेन्द्र गुरुङलाई अध्यक्षमा निर्वारोध निर्वाचित गरेको छ ।
कैलालीमा ४५ जना मिटरब्याज पीडितको निवेदन सङ्कलन भएको छ। जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको मिटरब्याज पीडित सहायता कक्षमार्फत आजसम्म ४५ जनाले निवेदन दिएका हुन्।
जनता समाजवादी पार्टीले आउँदो असारको ९ देखि ११ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन गर्ने भएको छ।
सरकारले बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको हो ।
जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट क्रिकेटमा सहभागी हुने १० टोलीको टुङ्गो लागेको छ ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न सरकारसँग माग गर्नु भएको छ ।