सवारीचालक अनुमतिपत्र प्राप्त गर्नु धेरैका लागि ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको थियो। न त आवेदन दिन सजिलो न त समयमै परीक्षा दिन पाइने। वर्षौंदेखि यस्तो अवस्थामा सुधार गर्नु जरुरी थियो। त्यसो त परिस्थितिअनुरूप विभिन्न ऐन, नियम, कानुनमा परिमार्जन, संशोधन हुनु आवश्यक मात्र होइन महत्वपूर्णसमेत मानिन्छ। मुलुक सङ्घीय प्रणालीमा गइसकेपछि नेपालका विभिन्न प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि आआफ्नै तरिकाले मापदण्ड निर्धारण गर्न थालिएको छ। अधिकांश मापदण्ड सजिला छैनन्, निकै कठिन छन्। फलस्वरूप सवारीसाधन अनुमतिपत्र अर्थात् लाइसेन्स प्राप्ति सोचेअनुरूप सहज नहुँदा धेरैका लागि चिन्ताकै विषय भएको छ। त्यसैले हुन सक्छ, अनियमित तवरले पनि लाइसेन्स प्राप्त गर्ने, गराउने धन्दा निकै फस्टाएको आमसञ्चार माध्यममा समाचार बन्ने गर्छ। जायज गुनासाका सम्बोधन सम्बन्धित निकायको जिम्मेवारी हुनुपर्नेमा दुईमत छैन।
आर्थिक वर्ष २०७८/७९ मा रेमिट्यान्स ४.८ प्रतिशतले बढेको छ। यस आर्थिक वर्षमा १० खर्ब ७ अर्बको रेमिट्यान्स नेपालमा आएको छ। २०७८/७९ मा वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढैसँगै रेमिट्यान्समा सुधार भएको छ। २०७८/७९ मा रेमिट्यान्स आप्रवाह आ.व. २०७७/७८ को तुलनामा ४.८ प्रतिशतले बढेको देखिएको छ। २०७८/७९ मा कुल १० खर्ब ७ अर्ब ३१ करोड रुपियाँको रेमिट्यान्स भित्रिएको देखिन्छ। अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भएको छ। २०७८/७९ मा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५४ हजार ६६० रहेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १९८.५ प्रतिशतले बढेर २ लाख ८२ हजार ४५३ पुगेको छ ।
प्रत्येक आत्महत्या एउटा त्रासदी हो जसले परिवार, समुदाय र राष्ट्रलाई नै प्रभावित पार्छ। यसले बाँच्नेहरूलाई चिरस्मरणीय वेदना छाडेर जान्छ। मानवीय जीवनभरि नै यो घट्न सक्छ तर १५–१९ वर्ष उमेर समूहका युवाको मृत्युको चौथो मुख्य कारण आत्महत्या देखिएको छ। प्रत्येक वर्ष सात लाख मानिसले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले उजागर गर्छ। यो कुनै भौगोलिक क्षेत्रमा सीमित वा धनी या गरिबसित सम्बन्धित छैन। ७७ प्रतिशत आत्महत्या निम्न र मध्यम आय भएका मुलुकमा हुने गरेको देखिएको छ।
लोकतन्त्रको मूल मर्मअनुसार जनतालाई शासनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी बनाउन बालिग मताधिकार, आवधिक निर्वाचन गर्ने उल्लेख भएअनुसार आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घ र प्रदेशको चुनावका कारण देशको माहोल बिस्तारै बढ्दै छ। राजनीतिक दलका नेता कार्यकर्ता चुनावको माहोल बनाउन लागिसकेका छन्। केही दल गठबन्धन गरी चुनावमा जाने बताइरहेका छन् र सोबमोजिम आफ्नो दलको सिट सङ्ख्या कसरी धेरै बनाउने वा सम्मानजनक बाँडफाँट गर्ने भन्ने कसरतमा छन्। दलहरूबीचको गठबन्धनका बारेमा एक खालको बहस पैरवीसमेत सुरु भएको छ। यसको असर र प्रभाव सकारात्मक वा नकारात्मक के हुने त्यो पनि चुनावपछि नै आकलन गर्न सकिएला। चुनावपछि कुनै एक दलको बहुमत नपुगेमा संयुक्त सरकार बन्ने अवस्था पनि आउन सक्छ।
यसपालिको पितृपक्ष सोह्रश्राद्ध आजबाट सुरु हुँदैछ। तिथि घटबढका कारण सुरुको दिन नै प्रतिपदा र द्वितीया श्राद्ध एकै दिन परेको छ। छोरा हुनेले यसपालि परेको त्रयोदशी भनौँ असोज ७ गते गरिने श्राद्ध अन्य दिनमा गर्नुपर्ने हुन्छ, छोरा हुनेले मघा नक्षत्रमा श्राद्ध गर्नु हुन्न। ८ गते शनिबार चतुर्दशी श्राद्ध पनि शस्त्रहरूबाट दिवङ्गत हुनेहरूका लागि मात्र हो, अरूको सो दिन श्राद्ध गरिँदैन । दिवङ्गत सबै पितृको उद्देश्य राखेर पिण्डदान गर्ने पर्व नै सोह्र श्राद्ध हो। सूर्य कन्याराशिमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्या राशिमा सूर्य सरेको बखत दिवङ्गत पितृहरूलाई पिण्डदान नगर्ने पुत्र पापी हुन्, कृतध्न हुन् भनेर शास्त्रले बताएको छ।
नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
सत्ता साझेदार पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य सुरु भएको एक महिनाभन्दा बढी हुँदा पनि सहमतिको औपचारिक घोषणा हुन सकेको छैन। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताबीच छलफल जारी रहे पनि सहमति जुट्न नसकेको हो।
परराष्ट्र सचिव भरतराज पौड्याल विदेश सचिवस्तरीय बैठकमा सहभागी हुन भारत भ्रमणमा जानुहुने भएको छ। भारतका विदेश सचिव विनयमोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा सचिव पौड्याल भारत भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ यही भदौ २८ र २९ गते भारत भ्रमणमा रहनुहुने जनाइएको छ। भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच द्विपक्षीय बैठक हुनेछ। सो अवसरमा नेपाल–भारतबीच भएका सहकार्य र साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ।
नेपाल आदिवासी जनजाति महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा सुरेश भुजेल चयन हुनुभएको छ । शनिवार बनेपामा सम्पन्न चौथो जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति गठन गरेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ केराबारी निवासी ३५ वर्षीय विष्णुलाल तमाङलाई यतिखेर सदरमुकाम सिन्धुलीमाढी आउन जान खनिएको सडक बिग्रिएपछि निकै सकस पर्छ । सडक पार गर्न पैदल हिँड्दा माथिबाट पहिरो खसेर मार्ला भन्ने डर छ । बीपी राजमार्गको चियाबारीदेखि केवरे–केराबारी हुँदै बाँसकटेरीसम्मको ग्रामीण सडक वर्षाले बिगारेर दयनीय बनाएपछि उहाँले सकस बेहोर्नु परेको हो । उहाँले भन्नुभयो, “एक दर्जन जति ठाउँमा पहिरो गई सडक पुरेको छ । मानिसलाई पैदल हिँडेर पहिरो छिचोल्नसमेत हम्मेहम्मे पर्दछ । कतै त पहिरो पार गर्न चार हातखुट्टा नै टेक्नु पर्दछ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्तारूढ दलहरूको आसन्न निर्वाचन लक्षित गठबन्धनको विरोध गर्नुभएको छ तर उहाँले आफूहरू पनि गठबन्धनको तयारीमा रहेको सङ्केत गर्नुभएको छ । राप्रपा नेपाल हेटौँडा नगर समितिले शनिबार हेटौँडामा आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले राष्ट्रवादी शक्ति एकजुट हुनु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले सानो र सङ्कीर्ण चित्त राखेमा गठबन्धन र सिन्डिकेटको राजनीतिलाई तोड्न नसक्ने बताउँदै सानो, ठूलो र कमजोर भनेर नहेरी सबैलाई एक ठाउँमा ल्याउनु आवश्यक भएको बताउनुभयो ।
एक साता देखि लगातार परेको पानी आइतबार पनि निरन्तर पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
सिस्ने गाउँपालिकाले कृषकलाई प्रोत्साहन स्वरूप ‘सुत्केरी भैँसी भत्ता’ वितरण सुरु गरेको छ । पछिल्लो समयमा भैँसी पालन कृषक कम हुँदै गए पछि त्यसलाई प्रवर्द्धन गर्नका लागि सिस्ने गाउँपालिकाले यस वर्ष देखि जिल्लामै पहिलो पटक ‘सुत्केरी भैँसी भत्ता’ वितरण सुरु गरेको हो ।
इनरुवामा पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। यहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान् पर्व करम पूजाको अवसरमा पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा करम पूर्वसन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो। भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राखेको र सोही जमरा लगाएर करम पूजासहित सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजासहित स्थानीय नदीबाट जमरा राख्न बालुवा ल्याएर जमरा राखिएको र शनिबार जमरा लगाएर पूजासँगै पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम गरेको उराँवले जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन गर्दै सङ्घीय सांसद सीताराम मेहताले उराँव प्रतिष्ठान निर्माणमा आधा करोड बजेटदेखि प्रत्येक वर्ष करम पूजामा समेत आफू र आफ्नो पार्टीले सहयोग गर्दै आएको बताउनुभयो।
सवारी साधन अनुमतिपत्रको नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये तनहुँका दुई जना तनहुँका छन् ।