बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ स्थित मालिका माविलाई थप विद्यार्थीको भर्ना लिन सकस भएको छ । यो शैक्षिक सत्रबाट बाजुराका अधिकांश बालबालिका निजी विद्यालय छोडेर धमाधम भर्ना हुन थालेपछि मालिका माविलाई नयाँ विद्यार्थी भर्ना लिन समस्या भएको हो ।
खलो प्रथाका कारण बैतडीका अधिकांश ठाउँमा परम्परागत आरन बन्द हुँदै गएका छन् । वर्षभरि आरनमा फलाम पिटेर कृषि औजार बनाएबापत खलो (बालीघरे)का रूपमा पाइने एक पाथी मकै र गहुँले जीविका नचलेपछि आरनको काम छाडेर शिल्पकारहरू ज्याला मजदुरी गर्न भारत जान थालेका छन्
नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि दुई वटा जहाज खरिद गर्ने प्रव्रिmया अगाडि बढाउन उपसमिति बनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (क्रुड आयल ब्रेन्ड) को मूूल्य २०.३ प्रतिशतले घटेको छ ।
चितवनका कविहरूले सडकमा कविता वाचन गरेर भ्रष्टाचारविरुद्ध सरकारलाई सव्रिmयता बढाउन आग्रह गरेका छन् । पछिल्लो समय भ्रष्टाचारको आरोपमा उच्च पदस्थ व्यक्ति समातिएको र कुनै पनि बहानामा छाड्न नहुने भन्दै कविता वाचन गरिएको हो ।
सिद्धार्थ राजमार्ग, हेलुबाट अर्जुनचौपारी हुँदै पर्वत जोड्ने सडक कालोपत्रे गर्न लागिएको छ । ठेक्का सम्झौता भएको साढे तीन वर्षमा गोल्डेन गुड बानियाँ जेभीले कालोपत्रे गर्ने प्रव्रिmया अगाडि बढाएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङका लागि दाताले दिएको एक्सरे मेसिन आवश्यक विद्युत् उपलब्ध नहुँदा प्रयोगमा आउन सकेको छैन । म्याग्दीको पश्चिम भेकको मालिका, धौलागिरि तथा बागलुङ जिल्लाका बिरामीले समेत सेवा लिने प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा विद्युत् समस्याकै कारण एक्सरे मेसिन प्रयोग हुन नसक्दा बिरामीले सास्ती बेहोर्नु परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले पदमा बहाल रहँदा गैरकानुनी रूपबाट सम्पत्ति आर्जन गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।
घरमा आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय मनकुमार नेम्वाङको मृत्यु भएको छ । अपाङ्गताका कारण हात खुट्टा चल्न नसक्ने अवस्थामा उहाँको घरमा आगो सल्केपछि भाग्न नसक्दा जलेर मृत्यु भएको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजान करोडौँ रुपियाँ सङ्कलन गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यता मोरङको पथरी शनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरका सक्कली शरणार्थी भने नेपाल सरकारले नेपाली नागरिकता दिने विश्वासका साथ शिविरमै बसिरहेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री, पूर्व गृह सचिवको प्रत्यक्ष संलग्नता खुलेपछि विगतमा गृह मन्त्रालयका नेतृत्व सम्हालेका अन्य व्यक्तिमाथि समेत अनुसन्धान सोझिने देखिएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
नेपाली कांग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने बताएको छ।
विश्व रामसार क्षेत्रमा सुचीकृत जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल नेपालको पहिला बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा भएलगतै चरा संरक्षणका लागि सरकारले चासो दिएको छ ।