• १४ मंसिर २०८१, शुक्रबार

भ्रष्टाचारविरुद्ध सडकमा कविता वाचन

blog

चितवन समाचारदाता

चितवन, वैशाख २९ गते । चितवनका कविहरूले सडकमा कविता वाचन गरेर भ्रष्टाचारविरुद्ध सरकारलाई सव्रिmयता बढाउन आग्रह गरेका छन् । पछिल्लो समय भ्रष्टाचारको आरोपमा उच्च पदस्थ व्यक्ति समातिएको र कुनै पनि बहानामा छाड्न नहुने भन्दै कविता वाचन गरिएको हो । 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अभियोग पार्टीका प्रभावशाली नेताहरूमाथि लागेको र केही समातिएको विषयलाई लिएर सरकारले अझ सक्रियता देखाउनु पर्नेमा कविले कवितामार्फत जोड दिएका छन् । भ्रष्टाचारविरुद्ध अभियान समूहले आयोजना गरेको सडक कविता वाचन कार्यव्रmममा कवि भूपिन, राजेन्द्र घायल, गणेश श्रवण, युवराज घिमिरेलगायतका कविले कविता वाचन गर्नुभएको थियो । 

ईश्वर कँडेल, हरि अधिकारी, विपिन पाठकलगायतले कवितामार्फत देशको ढुकुटी लुट्ने छुट नेतालाई नभएको बताउनुभयो । दबाबमूलक कार्यव्रmमले आगामी दिनमा निरन्तरता पाउने कवि भूपिनले जानकारी दिनुभयो । सडक कविता कार्यव्रmममा उद्योगी, व्यवसायी, सञ्चारकर्मी, प्राध्यापक, राजनीतिकर्मीको उपस्थिति रहेको थियो ।