• १६ चैत २०८०, शुक्रबार

प्रयोगमा आएन मेसिन

blog

म्याग्दी समाचारदाता 

म्याग्दी, वैशाख २९ गते । प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङका लागि दाताले दिएको एक्सरे मेसिन आवश्यक विद्युत् उपलब्ध नहुँदा प्रयोगमा आउन सकेको छैन ।

म्याग्दीको पश्चिम भेकको मालिका, धौलागिरि तथा बागलुङ जिल्लाका बिरामीले समेत सेवा लिने प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा विद्युत् समस्याकै कारण एक्सरे मेसिन प्रयोग हुन नसक्दा बिरामीले सास्ती बेहोर्नु परेको छ ।

नेपाल विद्युत् प्राधिकरण, म्याग्दी वितरण केन्द्रका मेसिन ४८० भोल्टको रहेको हुनाले मेसिन सञ्चालन गर्न नेपालको विद्युत्ले नहुने विद्युत् कार्यालय म्याग्दी प्राविधिक प्रमुख शिव पौडेलले बताउनुभयो ।

नेपालमा नेपाल विद्युत् प्राधिकरणले सिङ्गल फेजमा २३० र डबल फेजमा चार सय भोल्ट बत्ती दिने भए पनि त्यो मेसिन ४८० भोल्टले चल्ने भएकाले समस्या भएको उहाँले बताउनुभयो ।

लायन्स क्लबले २०७९ माघ १ गते औपचारिक कार्यव्रmम गरेर प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो । पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा थ्री फेज विद्युत् लाइन र स्वास्थ्य केन्द्रमा विद्युत् कन्ट्रोल गर्ने ५० केभीएको स्टेपलाइजर जडान नहुँदा लायन्स क्लबले दिएको मेसिन प्रयोगविहीन भएको हो ।