जावलाखेल यूथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबमाथि फराकिलो जित हात पारेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४-१ गोलले हरायो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ।
इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल
पछिल्लो समय मेक्सिको हुँदै अमेरिका छिर्ने आगन्तुकलाई अमेरिकाले कडाइ गरेको छ । विश्वका विभिन्न देशबाट मेक्सिको पुगेर त्यहाँबाट पैदल हुँदै जोखिमपूर्ण यात्रा गर्दै अमेरिकी सीमा क्षेत्रमा पुग्ने गरेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र गठबन्ध दलबीचको सम्बन्धमा समस्या नआउने बताउनुभएको छ । यस काण्डमा संलग्न जोसुकैमाथि कारबाही गर्न सरकार दृढ रहेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) को दुर्लभ तस्बिरले प्रदर्शनीमा आउने धेरैको मन जित्न सफल भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुलुकका सबै नागरिकको मातृ भाषा जोगाउन प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभएको छ।
पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम) सुरु भएको छ ।
दार्चुलाको व्यास गाउँपालिका –१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ। वैशाख १९ गते गएको हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए। सात जनाले भागेर ज्यान जोगाएका थिए।
टीकापुर नगरपालिका –१ बनगाउँका किसानहरूले सामूहिक कृषि खेतीसँगै आकर्षक पर्यटन व्यवसायको योजना सुरु गरेका छन् । समुदायमा आधारित कृषि तथा पर्यटन परियोजना नाम दिइएको कार्यक्रममा स्थानीय किसानले पाँच बिघा जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेका हुन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भिसा प्रतिबन्ध र जर्जियामा उडान प्रतिबन्ध हटाउन दुईवटा आदेशमा हस्ताक्षर गर्नु भएको छ।
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ ।
पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ भने २९० भन्दाबढी घाइते भएको डनले उल्लेख गरेको छ ।